बैशाख १८ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण संक्रमित हुने र मृत्यु हुनेको संख्या बढीरहेको छ ।
यो खबर तयार पार्दा सम्म कोरोनाले विश्वमा ३४ लाख ७८ हजार मानिस संक्रमित भएका छन् भने २ लाख ३३ हजार भन्दा बढीको ज्यान गएको छ ।
कोरोनाको केन्द्र बनेको अमेरीकामा कुल मृतकको संख्या ६६ हजार नाघेको छ । संक्रमितको संख्या पनि ११ लाख ५८ भएको छ ।
त्यस्तै .ईटालीमा मृत्यु हुनेको संख्या २८ हजार ७ सय १० पुगेको छ भने संक्रमितको संख्या २ लाख ९ हजार बढी भएको छ ।
त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या २८ हजार १ सय ३२ पुगेको छ । संक्रमित एक लाख ८२ हजार २ सय ६० पुगेको छ ।
स्पेनमा मृतकको संख्या २५ हजार १ सय पुगेको छ भने संक्रमितको संख्या २ लाख १९ हजार बढी रहेको छ ।
फ्रान्समा कुल मृतकको संख्या २४ हजार ७ सय ६० भएको छ भने करीब १ लाख ६८ हजार ३ सय ९६ संक्रमित भएका छन् ।
जर्मननीमा मृतकको संख्या ६ हजार ८ सय १२ पुगेको छ भने संक्रमित एक लाख ६४ हजार ९ सय ६७ पुगेको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख २४ हजार ३ सय ७५ पुगेको छ भने ३ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ ।
रुसमा संक्रमितको संख्या एक लाख २४ हजार पार भएको छ भने मृतकको संख्या १ हजार २ सय २२ पुगेको छ ।
ब्राजिलमा मृतकको संख्या ६ हजार ७ सय ५० भएकोे छ भने संक्रमित ९६ हजार ५ सय ५९ पुगेको छ ।
ईरानमा मृतकको संख्या ६ हजार १ सय ५६ पुगेको छ भने संक्रमित ९६ हजार ४ सय ४८ पुगेको छ ।
क्यानडामा मृतकको संख्या ३ हजार ५ सय ६५ पुगेको छ भने संक्रमित ५६ हजार ७ सय १४ भएको छ ।
यसै गरी छिमेकी भारतमा ३९ हजार ६ सय ९९ जना संक्रमित पुगेको छ भने १ हजार ३ सय २३ जनाको मृत्यु भएको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर १९ हजार २२ पुगेको छ भने मृतकको संख्या ४ सय ३७ पुगेको छ ।