भारतको लोकपालका न्यायिक सदस्य तथा मुख्य न्यायधीश त्रिपाठीको कोरोनाबाट मृत्यु

भारतको लोकपालका न्यायिक सदस्य तथा मुख्य न्यायधीश त्रिपाठीको कोरोनाबाट मृत्यु

  • आइतवार, बैशाख २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

बैशाख २१ एजेन्सी । भारतको छत्तीसगढ राज्यको उच्च अदालतका पूर्व मुख्य न्यायधीश एवं लोकपालका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोनाका कारण मृत्यु भएको छ ।
उनको शनिबार ६३ बर्षको उमेरमा कोरोनाका कारण ज्यान गएको हो । अप्रील २ तारिखमा स्वास्थ्य खराब भए पछि एम्स अस्पतालमा भर्ती गरिएका त्रिपाठीको उपचारको क्रममा निधन भएको हो ।
उनमा अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।
उनका परिवारका सदस्यलाई समेत कोरोना भएको र उपचार पछि निको भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अघिल्लो बर्ष कानुन मन्त्रालयले लोकपालको न्यायिक सदस्य नियुक्त गरे पछि उनले मुख्य न्यायधीशबाट राजीनामा दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ