किम जोङ उनको सार्वजनिक कार्यक्रमको तस्वीर पनि सार्वजनिक

किम जोङ उनको सार्वजनिक कार्यक्रमको तस्वीर पनि सार्वजनिक

  • शनिबार, बैशाख २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

एजेन्सी बैशाख २० । गंभीर बिरामी भएको भनेर संसारभरका मिडियामा खबर आईरहेका बेला करीब २० दिन पछि उत्तर कोरीयाका राष्ट्रपति किम जोङ उन सार्वजनिक भएको त्याहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
विहान एउटा कृषि मल कम्पनीको उद्घाटन गरेको समाचार मात्रै सार्वजनिक गरेको उत्तर कोरीयाको सरकारी समाचार संस्था केसीएनएले केही घण्टा अघि तस्वीर पनि सार्वजनिक गरेको छ ।
शनिबिार बिहान सार्वजनिक गरेको रिपोर्ट अनुसार किमले सुन्चोन प्रान्तमा निर्मित एक आधुनिक कृषि मल उत्पादन गर्ने कम्पनीको निर्माण सकिए पछि रिवन काटेर उद्घाटन गरेका छन् ।
उनका हजुरबुवा कोरीयाका संस्थापक पिताका रुपमा मानिने किम ईल सुगंको जुछे बिचारधारामा आधारीत आत्मनिर्भरको सिद्धान्त अनुसार कृषि र मल उद्योगको बिकासमा उल्लेख्य प्रगति भए पछि त्याहाँ किमले सो समारोहमा उद्घाटन गर्दा हजारौले तालीको गड्गडाहटले स्वागत गरेका थिए ।
कच्चा पदार्थ प्रशोन, उत्पादन प्याकेजिगं, लगायतका सबै क्षेत्रको किमले अवलोकन गरेको र उनलाई ब्रिफिगं गरिएको थियो ।
किमले रसायनिक उद्योगको विकासमा भएको प्रगतिबारे खुसी व्यक्त गरेका थिए ।
किमकी शक्तिशाली बहिनी किम जो योङं,लगायतका पनि त्याहाँ उपस्थित रहे पनि कोरीयाली वर्कस पार्टीका उपाध्यक्ष सहित केही अन्य महत्वपूर्ण अधिकारी उपसिथत नभएको बताईएको छ ।
अप्रील ११ मा पार्टीको पोलिटब्यूरो बैठक बसे देखि किम सार्वजनिक भएका थिएनन् ।
यस पछि सबै भन्दा पहिला अमेरीकी र दक्षिण कोरीयाली समाचारहरुमा किम गंभीर बिरामी परेको, मुटुको शल्यकृया गरिएको र त्यस पछि झनै गंभीर भएको भनेर समाचार आएको थियो ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत स्वास्थ्य लाभको कामना गरेका थिए ।
तर दक्षिण कोरीयाका अधिकारीहरुले भने त्यो हल्लाको खण्डन गर्दै किम स्वस्थ्य रहेको र कतै गएर बसको दाबी गर्दे आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ