बैशाख २० एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिवन्ध लगाउने बिषयमा बिचार गरिरहेको चेतावनी दिएका छन् ।
कोरोना भाईरसलाई चीनीया भाईरस, वुहान भाईरस जस्ता उपमा दिदै चीनमाथि दोषारोपण गर्दै आएका ट्रम्पको यो पछिल्लो चेतावनी सार्वजनिक भएको हो ।
यसको खण्डन चीनले गर्दै आएको छ ।
चीनले कोरोना भाईरस फैलनबाट रोक्न असफल भएकाले उमाथि प्रतिवन्ध लगाउने कुरालाई अस्वीकार गर्न नसकिने ट्रम्पले बताए ।
अमेरीकी राष्ट्रपतिहरुका लागि बनेको फार्महाउस क्याम्प डेविडमा जानका लागि हेलिकप्टरमा चढ्नु अघि उनले पत्रकारहरुलाई यो सन्देश दिएका हुन् ।
एक साता ट्रम्प सोही फर्म हाउसमा बसेर काम गर्ने बताईएको छ । उनी यस अघि २८ मार्चदेखि निरन्तर ह्वाईट हाउसमा बसिरहेका थिए ।
उनले केही सहयोगी र छोरी ईभान्का ट्रम्पसगँ बसेर समय बिताउने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline