२० दिन पछि उत्तरकोरीयाका राष्ट्रपति किम जोङ उन सार्वजनिक भएको दाबी

२० दिन पछि उत्तरकोरीयाका राष्ट्रपति किम जोङ उन सार्वजनिक भएको दाबी

  • शनिबार, बैशाख २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

एजेन्सी बैशाख २० । गंभीर बिरामी भएको भनेर संसारभरका मिडियामा खबर आईरहेका बेला करीब २० दिन पछि उत्तर कोरीयाका राष्ट्रपति किम जोगं उन सार्वजनिक भएको त्याहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
उत्तर कोरीयाको सरकारी समाचार संस्था केसीएनएले शनिबिार बिहान सार्वजनिक गरेको रिपोर्ट अनुसार किमले सुन्चोन प्रान्तमा निर्मित एक आधुनिक कृषि मल उत्पादन गर्ने कम्पनीको निर्माण सकिए पछि रिवन काटेर उद्घाटन गरेका छन् ।
तर केसीएनएले त्यस कार्यक्रमको र किम उपस्थित भएको तस्वीर भने सार्वजनिक गरेको छैन ।
उनका हजुरबुवा कोरीयाका संस्थापक पिताका रुपमा मानिने किम ईल सुगंको जुछे बिचारमा आधारीत आत्मनिर्भरको सिद्धान्त अनुसार कृषि र मल उद्योगको बिकासमा उल्लेख्य प्रगति भए पछि त्याहाँ किमले सो समारोहमा उद्घाटन गर्दा हजारौले तालीको गड्गडाहटले स्वागत गरेको दाबी केसीएनएको छ ।
कच्चा पदार्थ प्रशोन, उत्पादन प्याकेजिगं, लगायतका सबै क्षेत्रको किमले अवलोकन गरेको र उनलाई ब्रिफिगं गरिएको थियो ।
किमले रसायनिक उद्योगको विकासमा भएको प्रगतिबारे खुसी व्यक्त गरेका थिए ।
किमकी शक्तिशाली बहिनी किम जो योङं,लगायतका पनि त्याहाँ उपस्थित रहे पनि कोरीयाली वर्कस पार्टीका उपाध्यक्ष सहित केही अन्य महत्वपूर्ण अधिकारी उपसिथत नभएको बताईएको छ ।
अप्रील ११ मा पार्टीको पोलिटब्यूरो बैठक बसे देखि किम
सार्वजनिक भएका थिएनन् ।
यस पछि सबै भन्दा पहिला अमेरीकी र दक्षिण कोरीयाली समाचारहरुमा किम गंभीर बिरामी परेको, मुटुको शल्यकृया गरिएको र त्यस पछि झनै गंभीर भएको भनेर समाचार आएको थियो ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत स्वास्थ्य लाभको कामना गरेका थिए ।
तर दक्षिण कोरीयाका अधिकारीहरुले भने त्यो हल्लाको खण्डन गर्दै किम स्वस्थ्य रहेको र कतै गएर बसको दाबी गर्दे आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ