बैशाख १८ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या बढेर २ लाख ३३ हजार नाघेको छ । यो खबर तयार पार्दा सम्म कोरोनाले विश्वमा ३२ लाख ५० हजार भन्दा बढी संक्रमित भएका छन् । करीब १० लाख ३८ हजार मानिस निको भएर घर फर्किएका छन् ।
कोरोनाको केन्द्र बनेको अमेरीकामा पछिल्लो २४ घण्टामा करीब २१ सय मानिसको मृत्यु भएको वासिग्टन पोष्टले लेखेको छ । त्यहाँ कुल मृतकको संख्या ६३ हजार नजिक पुगेको छ । संक्रमितको संख्या पनि १० लाख ६७ हजार २ सय ८९ पुगेको छ ।
त्यस्तै .ईटालीमा मृत्यु हुनेको संख्या २८ हजार नजिक पुगेको छ । त्यस्तै संक्रमितको संख्या २ लाख ५ हजार ४ सय ६३ पुगेको छ ।
त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या २६ हजार ८ सय ४२ पुगेको छ । संक्रमित एक लाख ७२ हजार हजार ४ सय ७८ पुगेको छ ।
स्पेनमा मृतकको संख्या २४ हजार ५ सय ४३ पुगेको छ भने संक्रमितको संख्या २ लाख १३ हजार बढी रहेको छ ।
फ्रान्समा कुल मृतकको संख्या २४ हजार ४ सय १० भएको छ भने करीब १ लाख ६७ हजार २ सय ९९ संक्रमित भएका छन् ।
जर्मननीमा मृतकको संख्या ६ हजार ६ सय २३ पुगेको छ भने संक्रमित एक लाख ६३ हजार माथि पुगेको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख २० हजार २ सय ४ पुगेको छ भने ३ हजार एक सय ७४ जनाको मृत्यु भएको छ ।
रुसमा संक्रमितको संख्या एक लाख ६ हजार ४ सय भन्दा बढी भएको छ भने मृतकको संख्या १ हजार ७३ पुगेको छ ।
ईरानमा मृतकको संख्या ६ हजार २८ पुगेको छ भने संक्रमित ९४ हजार ६ सय ४० पुगेको छ ।
ब्राजिलमा मृतकको संख्या ५ हजार ९ सय १ भएकोे छ भने संक्रमित ८५ हजार ३ सय ८० पुगेको छ ।
क्यानडामा मृतकको संख्या तीन हजार ३ सय ४ पुगेको छ भने संक्रमित ५४ हजार पार भएको छ ।
साउदी अरबमा संक्रमितको संख्या २२ हजार ७ सय ३३ पुगेको छ भने १ सय ५७ जनाको मृत्यु भएको छ ।
कतारमा १३ हजार ४ सय ९ संक्रमित छन् भने १० जनाको मृत्यु भएको छ ।
सयुक्त अरब ईमिरेट्स युएईमा १२ हजार ४ सय ८१ संक्रमित छन् भने १ सय ५ जनाको मृत्यु भएको छ ।
मलेशियामा ६ हजार २ जना संक्रमित भएका छन् भने एक सय २ जनाको मृत्यु भएको छ ।
यसै गरी छिमेकी भारतमा ३४ हजार ८ सय ६२ जना संक्रमित पुगेको छ भने एक हजार १ सय ५४ जनाको मृत्यु भएको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर १६ हजार ४ सय ७३ पुगेको छ भने मृतकको संख्या ३ सय ६१ पुगेको छ ।