रुसका प्रधानमन्त्री मिसुस्तीन र पाकिस्तानका राष्ट्रिय सभाका सभामुख असद कोरोना संक्रमित  

रुसका प्रधानमन्त्री मिसुस्तीन र पाकिस्तानका राष्ट्रिय सभाका सभामुख असद कोरोना संक्रमित  

  • शुक्रबार, बैशाख १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

बैशाख १९ शुक्रबार । विश्वभर त्राहिमामा बनाएको कोरोना भाईरसले रुसका प्रधानमन्त्र मिखाईल मिसुस्तीन र पाकीस्तानी राष्ट्रिय सभाका सभामुख असद क्वासीर कोरोना संक्रमित भएका छन् ।
कोरोना संक्रमण पोजेटिभ पाईए पछि रुसी प्रधानमन्त्री मिखार्ईलको अस्पतालमा उपचार प्रकृया शुरु भएको छ ।
यसै बर्ष जनवरीमा मात्रै मिसुस्तीन प्रधानमन्त्री भएका थिए । कोरोना विरुद्ध निकै खटिरहेका प्रधानमन्त्री संक्रमित हुनुले रुस पनि कोरोनाको ठूलो प्रभावित क्षेत्र बनेको देखिएको छ । रुसमा एक लाख बढी संक्रमित पुगेका छन् ।
प्रधानमन्त्री मिखाईलले राष्ट्रपति भ्लादीमीर पुटिनलाई आफू संक्रमित भएको र चिकित्सकको सल्लाह पालना गर्नु पर्ने भने पछि पुटिनले श्वास्थ्य लाभको कामना गरेको बिबिसीले उल्लेख गरेको छ ।
यता सार्क सदस्य राष्ट्र पाकिस्तानका राष्ट्रिय सभाका सभामुख असद कैसर पनि कोरोना संक्रमित भए पछि उनी होम क्वारेन्टाईनमा बसेका छन् । उनले आफ्नै घरमै बसेर आईसोलेसनमा रहेको उल्लेख गरेका छन् ।


कैसरको छोरा र छोरीमा समेत कोरोना लागेको पाकिस्तानी अखबार डनले उल्लेख गरेको छ ।
यस अघि बेलायती प्रधानमन्त्री बोरीस जोनसोन पनि कोरोना संक्रमित कार्यकारी प्रमुख थिए । उनी आईसियुमा तीन दिन र आईसोलेसनमा उपचार पछि निको भएर काममा फर्किसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ