चीनसगँ तर्सिए ट्रम्पः भने, मलाई राष्ट्रपति हुन नदिन जे पनि गर्नसक्छ

चीनसगँ तर्सिए ट्रम्पः भने, मलाई राष्ट्रपति हुन नदिन जे पनि गर्नसक्छ

  • बिहिबार, बैशाख १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी बैशाख १८ । अमेरीकी राष्ट्रपति डोनाल्ट ट्रम्प यसै बर्ष हुने निर्वाचनमा आफू दोस्रो कार्यकालका राष्ट्रपति हुन लालायीत छन् । तर अहिले कोरोना नियन्त्रणमा उनको भूमिका प्रभावकारी नभएको, लगायत विभिन्न आलोचनाहरु बढीरहेका छन् ।
यस्तो बेला उनी चीनसगँ समेत तर्सिएका छन् । आउदो निर्वाचनमा मलाई राष्ट्रपति हुन नदिन चीनले जे पनि गर्न सक्छ, ट्रम्पले एक अन्तवार्तामा भनेका छन् ।
समाचार एजेन्सी रोएटर्सलाई दिएको अन्तवार्तामा ट्रम्पले आफू फेरी राष्ट्रपति नहोस् भन्ने चीनले चाहेको दाबी गरे । आउदो नोभमेम्बरमा अमेरीकामा राष्ट्रपतिका लागि निर्वाचन हुदैछ ।
कोरोना भाईरसको महामारी नियन्त्रण गर्न नसकेका ट्रम्पले चीन र विश्व स्वास्थ्य संगठनमाथि भाईरस फैलिनुमा जिम्मेवार रहेको आरोप लगाउदै आएका छन् ।
कोरोनाले विश्वमा सबै भन्दा धेरै मानिस अमेरीकामा मारिएको र धेरै संक्रमित भएका छन् । त्यसका साथै अमेरीकी अर्थव्यवस्था खस्किदै गएको छ भने ऐतिहासिक रुपले बेरोजगारी बढीरहेका बेला उनीमाथिका आलोचनाहरु बढेका बेला यस्तो आरोप लगाएका हुन् ।
चीन विरुद्ध अझै केही कदम चाल्न सक्ने उनले संकेत दिए ।
यस अघि सन् २०१६ को निर्वाचनमा हिलेरी क्लिन्टन हारेर ट्रम्पले जीत्नुमा रुसको हात रहेको दाबी सार्वजनिक भएको थियो ।
अहिलेको निर्वाचनमा चीनको प्रसंग उठेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ