एजेन्सी बैशाख १८ । दक्षिण कोरीयाको राजधानी सियोल नजिकै र्ईचियोनमा निर्माणाधीन गोदाम घरमा आगलागी हुदाँ दर्जनौ मजदुरहरुको मृत्यु भएको छ । स्थानीय समय अनुसार साढे १ बजे आगलागी शुरु भएको थियो ।
दक्षिण कोरीयाली समाचार संस्था योनहापका अनुसार प्रारम्भिक रुपमा ३८ जना मजदुरको मृत्यु भएको देखिएको र १० जना घाईते भएका छन् । मृतक सबै त्यसै निर्माण क्षेत्रमा काम गर्ने कामदार भएको बताईएको छ ।
मृतक मध्य विदेशी कामदार भए नभएको खुलीसकेको छैन ।
आगो तत्कालै चारै तिर फैलिएकाले नियन्त्रण र उद्धारमा निकै कठिनाई भएको र करीब ६ घण्टामा मात्रै आगो नियन्त्रणमा आएको अधिकारीहरुले जनाएका छन् ।
प्रत्यक्ष दर्शीका अनुसार दश मिनट सम्म निरन्तर विष्फोटको आवाज सुनिएको थियो ।
मृतकको संख्या अरु बढेर ७८ जना सम्म पुग्न सक्ने चिन्ता जनाईएको बिबिसीमा उल्लेख छ ।
ज्वलनशील पदार्थ विष्फोट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रहरीले घटना कसरी भएको हो भनेर अनुसन्धान शुरु गरेको बताईएको छ ।
यसैबीच कोरीयाली राष्ट्रपति मुन जाई ईनले आकस्मिक बैठक बोलाई घाईतेको उपचार सहायता र उद्धार कार्य तीव्र पार्न निर्देर्शन दिएका छन् ।
उनले २०१७ र १८ मा पनि यस्ता आगलागीका घटना पछि फेरी यो दोहोरीएकोमा दुखः व्यक्त गरेका छन् ।
