एजेन्सी, १७ वैशाख । काेराेना भाइरसकाे संक्रमणा फैलीएपछि जारी गरिएकाे लकडाउनका कारण लेबनानमा दशाै हजारकाे राेजगारी गुमेपछि नागरिकहरू प्रदर्शन र ताेडफाेडमा उत्रिएका छन् ।
राेजगारी गुमेर आर्थिक संकट उत्पन्न भएपछि नागरिकले सडकमा निस्किएर मुलुकभरका बैंकमाथि ताेडफाेड तथा आगजनी गरेका छन् । कतिपय बैंकमा पेट्राेल बम समेत हानिएकाे अल जजिराले जनार्काे छ ।
लेबनानकाे राजधानी बेरूत, व्यापारीक शहर त्रिपाेली, लगायतका शहरमा रहेका बैंकका शाखाहरू समेत ताेडफाेड र आगजनी गरिएकाे छ । मुलुकभरका बैंक असुरक्षीत भएलगत्तै सेनसहितकाे सुरक्षा फाैज परिचालन गरिएकाे छ ।
प्रदर्शन तथा ताेडफाेड र आगजनीलाइ नियन्त्रणामा लिने क्रममा सुरक्षा फाैजले गाेली समेत प्रहार गरेकाे जनाइएकाे छ । आक्राेशित समूहलाइ नियन्त्रणमा लिने त्क्रममा सुरक्षाकर्मीकाे गाेली प्रहार गर्दा एक जनाकाे ज्यान गएकाे पनि अल जजिराले जनाएकाे छ ।
दर्जनाैलाइ पक्राउ गरिएकाे छ भने केहि घाइते छन् ।