रोम इटाली, १७ वैशाख । कोरोना भाइरस (covid19) का कारण दोस्रो क्षति भोगेको देश इटालीले लकडाउन क्रमशः खोल्ने भएको छ । शहरहरुमा बिस्तारै मानिसहरुको चहल पहल शुरु भएको छ । उद्योग धन्दाहरु खुल्दैछन् । सवारी साधनहरु चल्न शुरु हुदैछ ।
इटालीको राजधानी रोमबाट मोहन कुमार चौहनले जानकारी दिए अनुसार कोरोनाभाइरस संगको सहअस्तित्वमा इटा लीभरि मे ४ बाट लकडाउन खोलिने भएको हो ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या उल्लेखनीय रूपमा घट्दै गएको अवस्थामा इटालियन सरकारले विभिन्न राजनीतिक पार्टीहरु, डाक्टर तथा बिज्ञहरुसंग बसेको बैठकपछि लकडाउनलाई चरणबद्ध रूपमा समाप्त गरिने घोषणा गरेको छ । इटालीको प्रधानमन्त्री जुसेप्पे कोन्तेले लकडाउन समाप्त गर्न भिन्नभिन्न समयमा विविध चरणबाट खुकुलो बनाउदै लैजाने बताएका छन् ।
आउदो मे ४ बाट लकडाउन खुकुलो बनायिये पनि प्रत्येक नागरिकले अनिवार्य मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम गरी एक मिटरको सुरक्षा दूरी अपनाएर हिड्डुल गर्नु पर्ने तथा भिडभाड नबनाइ र नबन्ने गरि ब्यबसाय संचालक गर्नु पर्ने बतायेका छन।

एक अञ्चल (Zona) बाट अर्को अञ्चलको प्रवेशमा भने अझै कडाइ गरेको छ । सेल्फ प्रमाणिकरण (L’autocertificazione)साथमा लिगेर विशेष कामको लागि, स्वास्थको कारणले र लकडाउनका कारण छुट्टीएर बस्नु परेका कामदारहरु, विद्यार्थीहरु र एउटै घर परिवारका सदस्यहरू भेटघाट गर्ने उदेश्यले यात्रा गर्न पाउनेछन् ।
प्रधानमन्त्री जुसेप्पेका अुनसार समय गति अनुसार परिस्थितिमा क्रमश सुधार हुदै जाँदा सरकारी तवरबाट पनि नंया नियमहरु जारी गरिने छ ।मे 18 बाट निर्णयहुने गरि प्रोफेसनल खेलाडीहरु र अन्य सामूहिक पेशेवरहरूको खेलहरूको तालिम तथा प्रशिक्षण सुरुवात हुनेछ तर खेलाडीले ६ मिटरको सुरक्षा दुरि अपनाउन पर्ने र भिडभाड गर्न सख्त मनाही छ । जुन 1 तारिकबाट रेस्टुरेन्ट, बार, सैलुन तथा हेयरड्रेसरहरूमा अनिवार्य मास्क प्रयोग गरि एक पटकमा एक जनाले मात्र प्रवेश गर्दै सेवा पाउने ब्यबस्था छ।
रेस्टुरेन्ट बार भित्र बसेर खान मनाही छ र त्यहाबाट खाजा \खाना बोकेर अफिसमा अथवा अरु कुनै सहज हुने ठाउँमा बसेर खान सकिने छ । स्कुलहरु भने आगामी सेप्टेम्बरबाट मात्र खुलाइने जनाइएको छ । जनजीवन पहिले जस्तै सामान्य अवस्थामा फर्किन अझै केही समय लाग्ने छ ।
प्रधानमन्त्री जुसेप्पेका अुनसार समय गति अनुसार परिस्थितिमा क्रमश सुधार हुदै जाँदा सरकारी तवरबाट पनि नंया नियमहरु जारी गरिने छ ।

आजको मितिसम्म Coronavirus का कारण सन्सारमा दुई लाख मानिसहरूको मृत्यु भैसकेको छ भने 2,9 मिलियन भन्दा बढी सन्क्रमित भएका छन् । इटाली भित्र मात्रै दुई लाख एक हजार भन्दा बढी सन्क्रमित भएका थिए भने मृत्यु हुनेको संख्या २७ हजार ३ सय ५९ पुगेको छ ।
चौहानका अनुसार नेपालले पनि विज्ञहरुसँग छलफल गरी विस्तारै विस्तारै लकडाउन खुल्ला गर्दै जानु पर्ने सुझाव दिएका छन् । उनी भन्छन् “नेपाल सरकारले पनि लकडाउनको अन्त्य बिज्ञहरुको परामर्शमा बैज्ञानिक तवरले सोच्न जरुरी छ ।

सरकारी स्कुलको घण्टी बज्ना साथ सबै विद्यार्थीहरु एकैसाथ कक्षा कोठाबाट बाहिर निस्किए जस्तै तथा फ्लिम हलमा फ्लिम सकिएको घन्टी लागेपछि भित्र भएका हुरुरुरु बाहिर निस्केझैं नहोस, लकडाउन खोलेको घन्टी लगाउँदा र क्रमशः आवश्यकता अनुसार भिडभाड नहुने गरि सुरक्षा दुरि अपनाउनु अत्यावश्यक छ । नियमितरूपमा सरसफाइ र सामाजिक सुरक्षा दुरि अपनाउनु नै कोरोना संक्रमण हुन बाट जोगिने मुख्य उपाय हुन् ।”
भिडियाे हेर्नुस्।