एजेन्सी बैशाख १७ । कोरोनाको केन्द्र बनेको अमेरीकामा संक्रमणबाट मृत्यु हुनेहरुको संख्या भियतनामा युद्धमा २० बर्षमा भन्दा मारिएको भन्दा धेरै भएको छ ।
विविसीका अनुसार अहिले कोरोनाले अमेरीकामा मृतकको संख्या ५८ हजार ३ सय ५५ भन्दा बढी भएको छ ।
दुई दशक लामो भियतनाम युद्धमा ५८ हजार २० अमेरीकीहरुको ज्यान गएको थियो । यो युद्ध सन् १९५५ नोभमेम्बर १ देखि १९७५ अप्रील ३० सम्म भएको थियो ।
भियतनाममा कँम्युनिष्टहरुलाई दबाउन शुरु गरेको आक्रमण दुई दशक सम्म चल्दा पनि सफल हुन नसके पछि अमेरीका फिर्ता भएको थियो ।
अमेरीकामा मृृत्यु अझै बढ्न सक्ने ह्वाईट हाउसका स्वास्थ्य सल्लाहकार डा. एन्थोनी फौसीले चेतावनी दिएका छन् ।
संक्रमितहरुको उपचार बिनै आउदो महिना अmझ बढी मानिस मर्न सक्ने उनले चेतावनी दिए ।
अमेरीकामा दश लाख भन्दा बढी संक्रमित भईसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline