बैशाख १७ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण संक्रमितको संख्या ३१ लाख १२ हजार नाघेको छ । साथै कुल मृतकको संख्या २ लाख १७ हजार पुगेको छ । यस्तै ९ लाख ५२ हजार निको भएर घर फर्कन सफल भएका छन् ।
कोरोनाको केन्द्र बनेको अमेरीकामा मृत्यु हुनेको कुल संख्या ५८ हजार ३ सय ५१ पुगेको छ । त्यहाँ संक्रमित १० लाख १२ हजार नाघेको छ ।
त्यस्तै .ईटालीमा मृत्यु हुनेको संख्या २७ हजार ३ सय ५९ पुगेको छ । त्यस्तै संक्रमितको संख्या २ लाख १ हजार पुगेको छ ।
स्पेनमा मृतकको संख्या २३ हजार ८ सय २२ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३२ हजार १ सय २८ भएको छ ।
फ्रान्समा कुल मृतकको संख्या २३ हजार ६ सय ९४ भएको छ भने करीब १ लाख ६९ हजार बढी संक्रमित पुगेका छन् ।
त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या २१ हजार ७ सय ४५ पुगेको छ । संक्रमित एक लाख ६२ हजार हजार ३ सय ५० पुगेको छ ।
जर्मननीमा मृतकको संख्या ६ हजार २ सय ८० पुगेको छ भने संक्रमित एक लाख ५९ हजार ४ सय ३१ भएको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख १४ हजार ६ सय ५३ पुगेको छ भने २ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ ।
ईरानमा मृतकको संख्या ५ हजार ८ सय ७७ पुगेको छ भने संक्रमित ९२ हजार ५ सय ८४ पुगेको छ ।
रुसमा संक्रमितको संख्या ९३ हजार ५ सय ५८ पुगेको छ भने ८ सय ६७ जनाको मृत्यु भएको छ ।
बेल्जियममा मृतकको संख्या सात हजार ३ सय ३१ भएको छ भने ४७ हजार ३ सय ३४ संक्रमित भएका छन् ।
ब्राजिलमा मृतकको संख्या ५ हजार १७ भएकोे छ भने संक्रमित ७१ हजार ८ सय ८६ पुगेको छ ।
क्यानडामा मृतकको संख्या २९ सय ८१ पुगेको छ भने संक्रमित ५० हजार ९ सय ३२ पुगेको छ ।
साउदी अरबमा संक्रमितको संख्या २० हजार ७७ पुगेको छ भने १ सय ५२ जनाको मृत्यु भएको छ ।
ईजरायलमा १५ हजार ७ सय २८ संक्रमित पुगेका छन् भने २ सय १० जनाको मृत्यु भएको छ ।
जापानमा १३ हजार ६ सय १४ संक्रमित छन् भने ३ सय ८५ जनाको मृत्यु भएको छ ।
कतारमा ११ हजार ९ सय २१ संक्रमित छन् भने १० जनाको मृत्यु भएको छ ।
मलेशियामा ५ हजार ८ सय ५१ जना संक्रमित भएका छन् भने एक सय जनाको मृत्यु भएको छ ।
सयुक्त अरब ईमिरेट्स युएईमा ११ हजार ३ सय ८० संक्रमित छन् भने ८९ जनाको मृत्यु भएको छ ।
बहराईनमा २८ सय ११ जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा मृतकको संख्या ९ सय ४८ पुगेको छ भने संक्रमित २४ हजार ३ सय नाघेको छ ।
अष्ट्रेलियामा संक्रमित ६ हजार ७ सय ३३ संक्रमित भएका छन् भने ८८ जनाको मृत्यु भएको छ ।
यसै गरी छिमेकी भारतमा ३१ हजार ३ सय ६० जना संक्रमित पुगेको छ भने एक हजार ८ जनाको मृत्यु भएको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर १४ हजार ६ सय २१ पुगेको छ भने मृतकको संख्या ३ सय १२ पुगेको छ ।