बहराइनमा एकैदिन ७७ जना नेपालीमा कोरोना, संक्रमित हुने नेपालीको संख्या १२६ पुग्याे

बहराइनमा एकैदिन ७७ जना नेपालीमा कोरोना, संक्रमित हुने नेपालीको संख्या १२६ पुग्याे

  • मङ्लबार, बैशाख १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

वैशाख १६, काठमाडौँ । बहराइनमा एकैदिन ७७ जना नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको मनामास्थित नेपाली दूतावासले जनाएको छ । योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ ।

बहराइनको राजधानी मनामामा रहेको दुतावासले उनीहरु चारवटा कम्पनीमा कार्यरत रहेको पनि जनाएको छ । ‘एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण देखिएको हो’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने,‘उनीहरुको स्वास्थ्य उपचार भइरहेको छ ।’

उहाँले पछिल्लो तथ्याङले आफूलाई चिन्तित बनाएको बताउनु भयो बहराइनमा संक्रमितको सख्या भने १५४६ जना पुगेको छ । जसमध्ये १२४६ जना निको भइसकेका छन् । बहराइनमा अहिलेसम्म कोरोना संक्रमणबाट ८ जनाको मात्रै मृत्यु भइसकेको छ ।

सुन्दासका अनुसार जोखिमपंर्ण मानिएको क्याम्ममा रहेका कामदारलाई नयाँ क्याम्पमा सार्ने काम भइरहेको छ । बहराइनमा झन्डै ३५ हजार नेपाली कार्यरत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी