अमेरिकामा कोरोनाबाट संक्रमितका संख्या १० लाख नाघ्यो, ५६ हजारभन्दा बढीको मृत्यु

अमेरिकामा कोरोनाबाट संक्रमितका संख्या १० लाख नाघ्यो, ५६ हजारभन्दा बढीको मृत्यु

  • मङ्लबार, बैशाख १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी,बैशाख १५ । अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाख १० हजार नाघेको छ ।

कोरोना भाइरसबाट ५६ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको विभिन्न सञ्चारसंस्थाहरुले जनाएका छन् ।

सोमबार मात्र १ हजार ७१ जनाको मृत्यु भएको छ भने करिब २० हजार नयाँ विरामी थपिएका छन् । १ लाख २० हजारभन्दा बढी मानिस उपचारपछि निको भएर फर्किएका छन् ।

विश्वभर २ लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु हुँदा संक्रमित हुनेको संख्या भने ३० लाख ६४ हजार नाघेको छ ।
अमेरिकापछि बढी मृत्यु हुनेमा इटालीमा करिब २७ हजार, स्पेनमा २३ हजार ५ सयभन्दा बढी, फ्रान्समा २३ हजार २ सयभन्दा बढी, बेलायत २१ हजारभन्दा बढी रहेको छ ।
संसारभरमा करिब ९ लाख २२ हजार मानिस भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ