बैशाख १४ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण संक्रमितको संख्या ३० लाख ३५ हजार पार भएको छ । साथै कुल मृतकको संख्या २ लाख ११ हजार नजिक पुगेको छ । कोरोनाबाट सबै भन्दा धेरै मृत्यु र संक्रमण यूरोप तथा अमेरीकामा रहेको छ । यस्तै गरी ९ लाख २० हजार मानिस कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।
कोरोनाको केन्द्र बनेको अमेरीकामा मृत्यु हुनेको कुल संख्या ५६ हजार नजिक पुगेको छ । त्यहाँ संक्रमित ९ लाख ८६ हजार पुगेको छ ।
त्यस्तै .ईटालीमा मृत्यु हुनेको संख्या २७ हजार नजिक पुगेको छ । त्यस्तै संक्रमितको संख्या २ लाख हाराहारी पुगेको छ ।
स्पेनमा मृतकको संख्या २३ हजार ५ सय २१ पुगेको छ भने संक्रमितको संख्या २ लाख २९ हजार ४ सय २२ भएको छ ।
फ्रान्समा कुल मृतकको संख्या २३ हजार ३ सय २७ भएको छ भने करीब १ लाख ६६ हजार संक्रमित पुगेका छन् ।
त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या २१ हजार १ सय ५७ पुगेको छ । संक्रमित एक लाख ५८ हजार हजार ३ सय ४८ पुगेको छ ।
जर्मननीमा मृतकको संख्या ६ हजार ६१ पुगेको छ भने संक्रमित एक लाख ५८ हजार ४ सय ३४ भएको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख १२ हजार २ सय ६१ पुगेको छ भने २ हजार ९ सय जनाको मृत्यु भएको छ ।
ईरानमा मृतकको संख्या ५ हजार ८ सय ६ पुगेको छ भने संक्रमित ९१ हजार ४ सय ७२ पुगेको छ ।
बेल्जियममा मृतकको संख्या सात हजार २ सय ७ भएको छ भने ४६ हजार ६ सय ८७ संक्रमित भएका छन् ।
ब्राजिलमा मृतकको संख्या ४५ सय ४३ भएकोे छ भने संक्रमित ६६ हजार ५ सय १ पुगेको छ ।
क्यानडामा मृतकको संख्या २८ सय ३६ पुगेको छ भने संक्रमित ४९ हजार ५ सय ५६ पुगेको छ ।
रुसमा संक्रमितको संख्या एकै दिन ह्वात्तै वृद्धि भएर ८७ हजार १ सय ४७ पुगेको छ भने ७ सय ९४ जनाको मृत्यु भएको छ ।
साउदी अरबमा संक्रमितको संख्या १८ हजार ८ सय ११ पुगेको छ भने १ सय ४४ जनाको मृत्यु भएको छ ।
ईजरायलमा १५ हजार ५ सय ५५ संक्रमित पुगेका छन् भने २ सय ४ जनाको मृत्यु भएको छ ।
जापानमा १३ हजार ४ सय ४१ संक्रमित छन् भने ३ सय ७२ जनाको मृत्यु भएको छ ।
कतारमा ११ हजार २ सय ४४ संक्रमित छन् भने १० जनाको मृत्यु भएको छ ।
मलेशियामा ५ हजार ८ सय २० जना संक्रमित भएका छन् भने ९९ जनाको मृत्यु भएको छ ।
सयुक्त अरब ईमिरेट्स युएईमा १० हजार ८ सय ३९ संक्रमित छन् भने ८२ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा मृतकको संख्या ९ सय २८ पुगेको छ भने संक्रमित २४ हजार नाघेको छ ।
अष्ट्रेलियामा संक्रमित ६ हजार ७ सय २१ संक्रमित भएका छन् भने ८३ जनाको मृत्यु भएको छ ।
यसै गरी छिमेकी भारतमा कोरोनाले संक्रमण र मृत्यु बढ्ने क्रममा कमी आउन सकेको छैन । भारतमा २९ हजार ४ सय ५१ जना संक्रमित पुगेको छ भने ९ सय ३९ जनाको मृत्यु भएको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर १३ हजार ९ सय १५ पुगेको छ भने मृतकको संख्या २ सय ९२ पुगेको छ ।