एजेन्सी बैशाख १५ । लामो समयदेखि विवादको केन्द्र बनेको दक्षिणी चीनीया सागरका ८० वटा टापुको नाम चीनले फेरेको छ । यो टापुमा चीनको विवाद अमेरीका, जापान लगायतका देशहरुसगँ रहेको छ । यसले दक्षिणी चीनीया सागरमाथि चीनको सार्वभौमिकता र नियन्त्रण थप प्रमाणित गर्न खोजिएको अन्तराष्ट्रिय विज्ञहरुको टिप्पणी छ । यो नाम परिवर्तन आईतबार भएको बताईएको छ ।
८० टापु मध्य २५ समुन्द्रमाथिको भौगोलिक संरचनामा छ भने ५५ वटा समुन्द्र मुनिको भौगोलिक संरचनामा रहेको छ । यो टापुहरु समुन्द्रको ९– लाईनको अन्राष्ट्रिय कानुन अनुसार कभर भित्र रहेको भन्दै अमेरीका, फिलिपिन्स, भियतनाम लगायतका देशले विरोध गर्दै आएका छन् ।
ती कपिपय टापुमा जापान र चीनले अलग अलग नाम राखेका छन् । यही समुन्द्रलाई चीनले आफ्नो सार्वभौम क्षेत्र मान्दै जुनसुकै मुल्य चुकाएर भए पनि यसको रक्षा गर्ने बताउदै आएको छ ।
चीनले यस समुन्द्रमा अत्याधुनिक विध्वसांत्मक युद्धपोत, लडाकु विमानहरु र नेभीलाई ठूलो संख्यामा तैनाथ गरेको छ ।
चीनले दक्षिणी चीनीया सागर र प्रशासन्त महासागर जुनसुकै क्षेत्रमा जतिखेर पनि प्रत्याक्रमण गर्न सक्ने गरी सैन्य अभ्यास पनि केही समय अघि गरेको थियो ।
चीनसगँ अमेरीकासगँ टक्कर गर्न सक्ने लियोनिगं विमान बाहक युद्धपोत र लामो दुरीमा बहुआयामिक आक्रमण क्षमता भएको देगंफेंग जस्ता क्षेप्यास्त्रको विकास गरेर नेभीमा सामेल गरीसकेको छ । अमेरीकाले दक्षिणी चीनीया सागर चीनको नियन्त्रणमा हुन नहुने बताउदै आएको छ ।