काोनाबाट पछिल्लो २४ घण्टामा विश्वभर मृत्यु हुनेको संख्या अन्य दिनको तुलनामा केही घट्यो, कुल मृतक २ लाख ६ हजार बढी, संक्रमित २९ लाख ६५ हजार पुग्यो  

काोनाबाट पछिल्लो २४ घण्टामा विश्वभर मृत्यु हुनेको संख्या अन्य दिनको तुलनामा केही घट्यो, कुल मृतक २ लाख ६ हजार बढी, संक्रमित २९ लाख ६५ हजार पुग्यो  

  • सोमवार, बैशाख १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

बैशाख १४ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण पछिल्लो २४ घण्टामा अन्य दिनको तुलनामा केही मृत्यु हुनेको संख्यामा कमी आएको छ । अमेरीका , स्पेन, ईटाली लगायत कोरोनाको ठूलो प्रभावित क्षेत्र बनेका देशहरुमा दैनिक मृत्यु हुनेको संख्यामा कमी आएको देखिएको छ ।
यो सगैँ विश्वभर कुल मृत्यु हुनेको संख्या २ लाख ६ हजार ५ सय भन्दा बढी पुगेको छ । त्यसै गरी कुल संक्रमित २९ लाख ६६ हजार बढी भएको छ भने ८ लाख ७० हजार बढी निको भएर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा विश्वको कोरोनाको केन्द्र बनेको अमेरीकामा अन्य दिनको तुलनामा कम मृत्यु भएको छ । २४ घण्टामा करीब ११ सय मानिसको ज्यान गएको वासिंग्टन पोष्टले जनाएको छ । यस अघि औषत २ हजार भन्दा बढी मृत्यु हुने गर्दथ्यो । यो सगँै अमेरीकामा मृत्यु हुनेको कुल संख्या ५४ हजार ८ सय १० पुगेको छ । संक्रमित ९ लाख ६४ हजार पुगेको छ ।

त्यस्तै ईटाली र स्पेनमा पनि औसत मृत्यु दरमा केही कमी आएको छ ।

ईटालीमा मृत्यु हुनेको संख्या २६ हजार ६ सय ४४ पुगेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ९७ हजार ६ सय ७५ पुगेको छ ।

स्पेनमा पछिल्लो तीन दिन देखि लगातार कम मृत्यु भएको छ । अहिले सम्म स्पेनमा मृतकको संख्या २३ हजार एक सय ९० पुगेको छ भने संक्रमितको संख्या २ लाख २६ हजार ६ सय २९ भएको छ ।
फ्रान्समा पनि दैनिक मृत्यु दरमा कमी आएर कुल मृतकको संख्या २२ हजार ८ सय ९० भएको छ भने करीब लाख ६२ २ सय २० संक्रमित पुगेका छन् ।

त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या २० हजार ७ सय ९४ पुगेको छ । संक्रमित एक लाख ५४ हजार हजार ३२ पुगेको छ ।

जर्मननीमा मृतकको संख्या ६ हजार नजिक पुगेको छ भने संक्रमित एक लाख ५७ हजार ४ सय ९५ भएको छ ।

यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख १० हजार १ सय ३० पुगेको छ भने २ हजार ८ सय ५ जनाको मृत्यु भएको छ ।

ईरानमा मृतकको संख्या ५ हजार ७ सय १० पुगेको छ भने संक्रमित ९० हजार ४ सय ८१ पुगेको छ ।

बेल्जियममा मृतकको संख्या सात हजार पार भएको छ भने ४६ हजार १ सय ३४ संक्रमित भएका छन् ।

ब्राजिलमा मृतकको संख्या ४ हजार २ सय ६८ भएकोे छ भने संक्रमित ६१ हजार ८ सय ६८ पुगेको छ ।

क्यानडामा मृतकको संख्या २६ सय ६३ पुगेको छ भने संक्रमित ४६ हजार ८ सय ९६ पुगेको छ ।
नेदरल्याण्डमा मृतकको संख्या ४ हजार ४ सय ९१ पुगेको छ भने संक्रमित ३८ हजार भन्दा बढी छ ।
रुसमा संक्रमितको संख्या एकै दिन ह्वात्तै वृद्धि भएर ८० हजार ९ सय ४९ पुगेको छ भने ७ सय ४७ जनाको मृत्यु भएको छ ।

साउदी अरबमा संक्रमितको संख्या १७ हजार ५ सय २२ पुगेको छ भने १ सय ३९ जनाको मृत्यु भएको छ ।

ईजरायलमा १५ हजार ४ सय ४३ संक्रमित पुगेका छन् भने २ सय १ जनाको मृत्यु भएको छ ।

जापानमा १३ हजार २ सय ३१ संक्रमित छन् भने ३ सय ६० जनाको मृत्यु भएको छ ।

कतारमा १० हजार २ सय ८७ संक्रमित छन् भने १० जनाको मृत्यु भएको छ ।

मलेशियामा ५ हजार ७ सय ८० जना संक्रमित भएका छन् भने ९८ जनाको मृत्यु भएको छ ।

सयुक्त अरब ईमिरेट्स युएईमा १० हजार ३ सय ४९ संक्रमित छन् भने ७६ जनाको मृत्यु भएको छ ।

पोर्चुगलमा मृतकको संख्या ९ सय ३ पुगेको छ भने संक्रमित २३ हजार ८ सय ६४ जना छन् ।

अष्ट्रेलियामा संक्रमित ६ हजार ७ सय १४ संक्रमित भएका छन् भने ८३ जनाको मृत्यु भएको छ ।
यसै गरी छिमेकी भारतमा कोरोनाले संक्रमण र मृत्यु निरन्तर बढीरहेको छ । भारतमा २७ हजार ८ सय ९० जना संक्रमित पुगेको छ भने ८ सय ८२ जनाको मृत्यु भएको छ ।

यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर १३ हजार ३ सय २८ पुगेको छ भने मृतकको संख्या २ सय ८१ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ