ओली तन्त्रकै कारण सांसद अपहरण जस्तो जघन्य अपराधको मुद्धा दर्ता भएनः भट्टराई(भिडियोसहित)

ओली तन्त्रकै कारण सांसद अपहरण जस्तो जघन्य अपराधको मुद्धा दर्ता भएनः भट्टराई(भिडियोसहित)

  • आइतवार, बैशाख १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौं, १४ वैशाख । जनता समाजवादी पार्टी नेपाल वहालवाला सांसदलाई देशको कार्यकारी प्रमुखको निकट रहेका र पूर्व प्रहरी प्रमुखको संलग्नता अपहरण जस्तो अत्यन्त जघन्य प्रकृतिको घटनाको मुद्धा दर्ता हुन नसक्नुमा मुख्य समस्या ओलीतन्त्र भएको टिप्पणी गरेका छन् ।
समाजवादीका सांसद सुरेन्द्र यादव अपहरणको मुद्धामा किटानी जाहेरी दिन टेकु पुगे पनि मुद्वा दर्ता गन्र प्रहरीले नमाने पछि पत्रकारहरुसगँ प्रतिकृया दिदै बाबुराम भट्टराईले सरकारका प्रमुखका निकट रहेका र पूर्व प्रहरी प्रमुख नै संलग्न रहेको यो मुद्वा सरकारवादी मुद्धा बन्नु पर्ने र राज्य आफैले अघि बढाउनु पर्नेमा अहिले उल्टै दर्ता नगरेर ओली तन्त्रले राज्यको अपराधीकरण गरेको टिप्पणी गरे ।
उनले प्रहरी कर्मचारी प्रशासनलाई समेत सरकारले आतकित पारेको भन्दै यो घटनाले राज्य नै अपराधीकरण भए पछि नागरिक कसरी सुरक्षित हुन्छ भन्दै प्रश्न गरे ।

देश गंभीर संकटतिर गएको र भन्दै प्राप्त उपलव्धि समेत गुम्ने खतरातिर गएको भट्टराईले बताए ।
डा. भट्टराईले अब सम्बन्धित ठाँउमा जाने भने पनि कहाँ हो भन्ने पत्रकारहरुको प्रश्नको जवाफ उनले दिएनन् ।
यसै गरी अपहरणमा परेका भनिएका सांसद डा. सुरेन्द्र यादवले प्रहरीले अरु कानुनी उपचारमा जान सुझाव दिएको बताए ।
प्रहरीले आफै छानविन गर्नु पर्नेमा उल्टै निवेदन समेत नलिएको डा. यादवले बताए ।
यस्तै अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीले मुद्धा दर्ता नगर्नु गलत भएको भन्दै अदालतमा जाने विकल्प रहेको बताएका छन् ।

https://www.facebook.com/sirjanatimsina/videos/689500471808020/

 

याे पनि 

लामो रस्सा कस्सी पछि पनि पूर्व आईजीपी खनाल, महेश बस्नेत र श्रेष्ठ विरद्ध प्रहरीले जाहेरी दर्ता गर्न मानेन,  कानुन व्यवशायीको विरोध

पूर्व आईजिपी सर्वेन्द्र खनाल, सांसद महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरणको जाहेरी दिन बाबुराम भट्टराईकै नेतृत्वमा प्रहरीमा पुगे नेताहरु

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ