काठमाडौँ बैशाख १४ । पूर्व संघीय समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरु र कानुन व्यवशायीहरुको दवावका बीच प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ ।
बाबुराम भट्टराईकै नेतृत्वमा अन्य नेताहरु समेत गएर जाहेरी पार्टीका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि तथा अपहरित भनिएका सांसद सुरेन्द्र यादव सहित कानुन व्यवशायी दिनेश त्रिपाठी लगायतका पनि पुगेर कानुनी तर्क गरे पनि प्रहरीले दर्ता गर्न नमानेको समाजवादीका नेता राजेन्द्र महतोले बताए ।आफ्ना सांसद सुरेन्द्र यादवकाे अपहरण गरेको भन्दै जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर टेकु पुगेको समाजवादी पार्टीका नेताहरु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसहितको टोली दर्ता नभएपछि फर्किएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले मुद्दा दर्ता गर्न नसकिने भन्दै ‘जहाँ जानु छ जानुस्’ भन्दै जाहेरी लिन अस्वीकार गरेका थिए। ज्ञवाली आइतबार मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्व सम्हाल्न पुगेका थिए।
पत्रकारहरुसगँ प्रतिकृया दिदै डा.बाबुराम भट्टराईले सरकारका प्रमुखका निकट रहेका र पूर्व प्रहरी प्रमुख नै संलग्न रहेको यो मुद्धा सरकारवादी मुद्धा बन्नु पर्ने र राज्य आफैले अघि बढाउनु पर्नेमा अहिले उल्टै दर्ता नगरेर ओली तन्त्रले राज्यको अपराधीकरण गरेको टिप्पणी गरे ।
उनले प्रहरी कर्मचारी प्रशासनलाई समेत सरकारले आतकित पारेको भन्दै यो घटनाले राज्य नै अपराधीकरण भए पछि नागरिक कसरी सुरक्षित हुन्छ भन्दै प्रश्न गरे ।
यस्तै टेकुबाट बाहिरिदै गर्दा सन्चारकर्मीसँग जनता समाजवादी पार्टीका ने राजेन्द्र महतोले सत्ता र शक्तिको आडमा प्रहरीले जाहेरी लिन नमानेको प्रतिक्रिया दिए। ‘कानुनी राज सकिएको यसले पुष्टि गर्छ, हामी सडकबाटै अपराधमा संलग्न विरुद्ध उत्रिन्छौं,’ उनले भने, ‘मु द्दर्ता गरेर सत्यतथ्य पत्ता लगाउ भन्दा किन प्रहरीले टेर्दैन? यही हो कानुनी राज? यही हो अपराध विरुद्धको शून्य शहनशीलता?’ महतोले आरोपितलाई जोगाउन माथिबाटै दबाब आएर जाहेरी नलिएको आरोप लगाए।
यसै गरी कानुन व्यवशायी दिनेश त्रिपाठीले कानुनी दृष्टिकोणले उक्त मुदा लिनुपर्नेमा ठाडै अस्वीकार गर्नु गलत भएको सञ्चारकर्मीहरुलाई प्रतिकृया दिए । उनले राज्य संयन्त्रको दबाबका कारण प्रहरीले दर्ता गर्न नमानेको भन्दै अदालतमा जाने या अरु बिकल्प पनि रहेको बताए ।
वैशाख १० गते राति महोत्तरीस्थित घरबाटै सांसद यादवलाई पूर्व आईजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठले जबर्जस्ती काठमाडौं ल्याएको आरोपमा समाजवादी पार्टीले लगाउँदै आएको छ ।
अब प्रहरीले के गर्ला त्यो भने प्रतिक्षाको बिषय छ । संलग्न भनिएका सांसदहरु र पूर्व आईजिपी खनालले भने आफूहरुले अपहरण नगरेको दाबी गर्दै आएका छन् ।
समाजवादी पार्टी विभाजन गर्न सांसदको संख्या नपुगे पछि महोत्तरी पुगेर डा. यादवलाई उनीहरुले ल्याएका थिए ।
दर्ता नभए पछि ट्वीट गर्दै डा. बाबुराम भट्टराईले ’यत्रो देशविदेश तरंगीत गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसरमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दनि लाग्दा दर्ता गन्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?’ भनी ट्विट गरेका छन्।
