‘अदालतबाट न्याय हुनेमा विश्वस्त छौँ, कांग्रेस हाम्रै रहन्छ’: निवर्तमान सभापति देउवा

‘अदालतबाट न्याय हुनेमा विश्वस्त छौँ, कांग्रेस हाम्रै रहन्छ’: निवर्तमान सभापति देउवा

  • शनिबार, कार्तिक २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 19
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट निष्पक्ष न्याय पाइने विश्वास व्यक्त गरेका छन्।

शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले अदालतले सही निर्णय गर्नेमा आफू पूर्ण रूपमा ढुक्क रहेको बताए। ‘मलाई विश्वास छ, न्याय हुन्छ, हुन्छ, हुन्छ। यो पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन,’ देउवाले भने, ‘राजाको पालामा समेत निष्पक्ष फैसला गर्ने अदालतले अहिले किन गर्न सक्दैन?’

सम्बोधनका क्रममा देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनप्रति असन्तुष्टि जनाउँदै आफूसँग कुनै सल्लाह नलिइएको दाबी गरे। ‘पार्टी सभापति मै छु, मलाई थाहै छैन। विशेष महाधिवेशन गरेर गगन थापा सभापति भइसक्नुभएको रहेछ,’ उनले भने।

साथै, निवर्तमान सभापति देउवाले जेनजी विद्रोहका क्रममा आफूमाथि ज्यानै लिने नियतले आक्रमण भएको र गम्भीर घाइते भएको उल्लेख गरे। सुरक्षाकर्मीको तत्परताका कारण मात्रै आफ्नो ज्यान जोगिएको भन्दै उनले जेनजीको नाममा आफूहरूमाथि षड्यन्त्र गरिएको आरोप समेत लगाए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ