एजेन्सी बैशाख १४ । ईरानका राष्ट्रपति हसन रोहनीले गल्फ सागर क्षेत्रमा अमेरीकी गतिविधिलाई नजिकबाट हेरीरेको बताएका छन् । यद्यपि, उनले द्धन्दको शुरुवात आफूले नगर्ने बताए ।
कतारका अमीर शेख तामिमसगँको टेलिफोनमा रोहनीले उक्त कुरा बताएको ईरानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गल्फमा अमेरीकी सैन्य सिपहरुलाई केही दिन अघि ईरानी सिपहरुले चेतावनी दिएको थियो ।
कोरोनाको कहरबीच अमेरीका र ईरानबीच तनाव बढीरहेका बेला मध्यपुर्वमा युद्ध हुने हो कि भन्ने चिन्ता बढेको छ । गत बुधबार अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानका सबै गनबोटहरु ध्वस्त पार्न नेवीलाई निर्देशन दिएको घोषणा गरे पछि तनाव बढेको हो ।
जनवरी ३ मा ईरानी सैन्य कमाण्डर क्वासीम सुलेमानीको अमेरीकाले ईराकमा हत्या गरे पछि दुई देशबीचको तनाव अझ बढेको थियो ।
त्यसको बदलामा ईराकमा रहेको अमेरीकी सैन्य बेसमा ईरानले दर्जनौ क्षेप्यास्त्र आक्रमण गरेको थियो । कोरोना पछि केही मत्थर भएको बिबाद फेरी बढ्न थालेको छ ।