बेलायतमा कोरोनाबाट मृत्यु हुनेको नेपालीको संख्या २४ पुग्यो

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको नेपालीको संख्या २४ पुग्यो

  • शनिबार, बैशाख १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

१३ बैशाख,लण्डन । बेलायतमा कोरोना भाइरस ( कोभिड १९) को संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या २४ पुगेको छ ।

शनिबारसम्म २४ जना नेपालीको कोरोनाकै कारण मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासले पुष्टी गरेको छ । तर दूतावासको सूचीमा नरहेका केही नेपालीको पनि कारोनाबाटै निधन भएको सम्बन्धित परिवारले बताएका छन् ।

बेलायतमा कोरोनाबाट निधन हुने अधिकांश भूतपूर्व गोर्खा छन् । दूतावासको लिस्टमा समावेश भएका दुई दर्जनमध्ये आधाभन्दा बढी भूतपूर्व गोर्खा सैनिक छन् ।
त्यस्तै, गोर्खा वेल्फेयर ट्रस्टले पनि अहिलेसम्म १८ जना भूतपूर्व गोर्खा सैनिकको कोरोना संक्रमणबाट निधन भएको पुष्टी गरिसकेको छ ।
अहिलेसम्म मृत्यु हुने नेपालीमध्ये ३२ र ३९ वर्षीया दुई महिला छन् । मृतकमध्ये ४० देखि ५० वर्ष उमेर समूहका तीन जना छन् भने ५० देखि ६० वर्ष्भित्रका चार जना छन् । त्यस्तै, तीन जना ७० वर्ष भित्रका छन् । अरु सबै ७० देखि ८६ वर्षसम्मका रहेका छन् ।

बेलायतमा सयौं नेपाली कोरोनाबाट संक्रमित भएको आँकलन गरिए पनि यकिन तथ्यांक अहिलेसम्म उपलब्ध छैन । एनआरएनए यूकेले संकलन गरेको तथ्यांकअनुसार शनिबारसम्ममा कोरोना संक्रमणका कारण मृत्यु हुनेबाहेक अरु ३८ जना संक्रमित नेपाली बेलायतका विभिन्न अस्पतालमा भर्ना भएका छन् ।
जसमध्ये २७ जना उपचारपछि घर फर्किसकेका छन् भने ११ जना अझै पनि उपचाररत छन् । कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बस्ने नेपाली पनि करिब १ सय ५० जना छन् ।

कोरोनाबाट अति प्रभावित देशमध्येको बेलायतमा रहेको नेपाली समुदायमा पनि कोरोनाको प्रभाव उच्च देखिएको छ । धेरै नेपालीहरु सम्भावित हुनुका पछि विभिन्न कारणहरु हुन सक्ने वाटर एड यूकेमा कार्यरत जनस्वास्थ्य विज्ञ डा ओमप्रसाद गौतमले बताउनु भयो ।

बेलायतमा बस्ने नेपालीहरुको ठूलो संख्या भूपू गोर्खा परिवारका वृद्धवृद्धा भएकाले पनि उहाँहरुमा स्वभाविक रुपमै संक्रमणको बढी जोखिम भएको उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी