अमेरीकी बम बर्षक बिमानले १६ बर्ष किन छाड्यो गुआम टापु ?

अमेरीकी बम बर्षक बिमानले १६ बर्ष किन छाड्यो गुआम टापु ?

  • शनिबार, बैशाख १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

१६ बर्षमा पहिलो पटक जापानको गुआम टापु स्थित सैन्य आधार शिबिरबाट अमेरीकाको शक्तिशाली बम बर्षक बिमान बी–५२ फिर्ता गएको छ ।
यो एन्डरसन नामक शिबिरबाट दक्षिणी चीनीया सागर र उत्तरकोरीयालाई लक्षित गरेर घातक प्रकारका स्टेल्थ बम बर्षक विमानहरु तैनाथ थिए ।
ती विमानहरु अमेरीका फिर्ता भएका छन् । यी विमानहरु संभवत पर्सियन गल्फ खाडी क्षेत्रमा तैनाथ गरिने जनाईएको छ ।
अमेरीकी सेनाले बक्तव्य जारी गरी जुनसकै बेला प्रशान्त क्षेत्रमा यी विमानहरुको तैनाथी आवस्यक परेका बेलामा हुने जनाएको छ ।
अमेरीकी थिंक ट्यांक टिमोथी हेथले गुआममा चीनको नजिक रहेको र उनीहरुले यी बम बर्षकहरुलाई सजिलै ध्वस्त पार्न सक्ने योजना र तयारी गर्न सक्ने भएकाले अमेरीकी रक्षा अधिकारीहरुले यस्तो निर्णय गरेको हुन सक्ने आकलन गरेका छन् ।
चीनले पछिल्लो चरणमा विकास गरेको डि एफ २६ नामक क्षेप्यास्त्र गुआमलाई ध्वस्त पार्ने खालको भएको यस अघि देखि नै आकलन गरिएको थियो ।
यस्तै गरी उत्तरकोरीयाले समेत सन् २०१७ मा अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण सफल गरेको थियो ।
पुर्व प्यासीफिक कमाण्ड स्कुस्टरले यो कदम पछि चीन र उत्तरकोरीयाबाट गुआममा कम खतरा भएको प्रतिकृया दिएका छन् ।
अर्कोतर्फ साझेदार मुलुक जापान र दक्षिण कोरीया पनि सबल हुदै गएकाले अमेरीकाले यस्तो निर्णय गरेको हुन सक्ने उनीहरुको विष्लेषण छ ।
केही दिन अघि मात्रै लडाकु विमानहरुको मभमेन्ट गुआममा गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ