राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि कानुन मन्त्रीद्धारा राजीनामा

राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि कानुन मन्त्रीद्धारा राजीनामा

  • शनिबार, बैशाख १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

१३ वैशाख : ब्राजिलका कानुन मन्त्री सेर्गियो मोरोले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
राष्ट्रपति जैर बोल्सोनारोले केन्द्रिय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउदै कानुन मन्त्रीले राजीनामा दिनुभएको हो ।

कानुन मन्त्री मोरो पुर्व केन्द्रीय न्यायाधिश पनि हुनुहुन्छ । उहाँ भ्रष्टाचार विरोधी प्रभावशाली व्यक्तिका रुपमा पनि परिचित हुनुहुन्छ ।
राष्ट्रपति बोल्सोनारोले राजनीतिक निरंकुशता बढाउदै लगेको र प्रहरी प्रमुखलाई बर्खास्त गरेको भन्दै उहाँले असन्तुष्टि जनाउनु भएको बताइएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेका बेला ब्राजिलमा राजनीतिक सङ्कट पनि बढ्ने देखिएको छ ।

राष्ट्रपति बोल्सोनारोले यसअघि गत हप्ता तत्कालिन स्वास्थ्य मन्त्री लुइज हेनरिक मन्डेट्टालाई पनि बर्खास्त गर्नुभएको थियो ।
कोनोरा भाइरसको संक्रमण नियन्त्रणका लागि अपनाउने उपायका बारेमा आफ्नोभन्दा फरक मत राखेको भन्दै राष्ट्रपति बोल्सोनारोले तत्कालिन स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ