कोरोनाबाट अमेरीकामा पाँच महिनाकी बालिकाको मृत्यु, जुम्ल्याहा नर्स दिदीबहिनीको पनि ज्यान गयो

कोरोनाबाट अमेरीकामा पाँच महिनाकी बालिकाको मृत्यु, जुम्ल्याहा नर्स दिदीबहिनीको पनि ज्यान गयो

  • शनिबार, बैशाख १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

एजेन्सी, बैशाख १३ । कोरोना भाइरसका कारण अमेरिकामा पाँच महिनाकी बालिकाको मृत्यु भएको छ । न्यूयोर्क सिटीका अग्नि नियन्त्रक खेरेल ला सान्ता र शिक्षा बोर्डकी कर्मचारी लिन्ड्से ला सान्ताकी छोरीको कोभिड–१९ का कारण निधन भएको हो ।

एक महिनासम्म उपचार गर्दा पनि पाँच महिनाकी जे–नातालीको यो हप्ता मृत्यु भएको हो । मुटुमा पहिलेदेखि नै समस्या रहेकी उनलाई गत मार्च २१ मा ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।

जे–नाताली अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुने सबैभन्दा कम उमेरकी हुन् । अर्का एक र १४ वर्षका बालबालिकाको पनि मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म कोरोनाका कारण तीन बालबालिकाको मृत्यु भएको छ ।

                                               मृतक पाँच महिनाकी बालिका आमा बुबाको साथमा ।

उता, बेलायतमा कोरोना भाइरसका कारण ३७ वर्षीया जुम्ल्याहा दिदी बहिनी केटी डेविस र एमा डेविसको तीन दिनको फरकमा मृत्यु भएको छ।

बालबालिकाको उपचारमा संलग्न नर्स केटीको गत मंगलबार साउथह्याप्टन अस्पतालमा निधन भएको हो भने एमाको शुक्रबार सोही अस्पतालमा मृत्यु भयो । उनी पनि नर्स नै हुन् ।

मृतक  जुम्ल्याहा दिदी बहिनी केटी डेविस र एमा डेविस

‘उनीहरु जहिले पनि यो संसारमा हामीसँगै आएकाले बिदा पनि सँगै हुन्छौं भन्थे, त्यस्तै भयो’, उनकी दिदी जोइले भनेकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ