कोरोना विरुद्ध डिसईन्फेक्सनबारे गलत सल्लाह दिए पछि ट्रम्प विवादमा, पत्रकारको कुनै जवाफ नदिई हिडेँ

कोरोना विरुद्ध डिसईन्फेक्सनबारे गलत सल्लाह दिए पछि ट्रम्प विवादमा, पत्रकारको कुनै जवाफ नदिई हिडेँ

  • शनिबार, बैशाख १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी बैशाख १३ । कोरोना नियन्त्रणका लागि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गलत सल्लाह दिए पछि चिकित्सकहरुले आपत्ति जनाएका छन् ।
ट्रम्पले शुक्रबार रोगाणुनाशक तत्वलाई शरीरमा दिदा कोरोना ठीक हुन सक्छ भन्दै अनुसन्धान गर्न सुझाव दिए पछि ट्रम्प विवादमा घेरिएका हुन् ।
अमेरीकामा कोरोनाका कारण ५० हजार बढीको मृत्यु भर्ईसकेको छ भने करीब ९ लाख संक्रमित छन् ।
प्रेस व्रिफिगंमा ट्रम्पले अल्ट्राभाईलेट लाईटबाट पनि बिरामीलाई यिरेडियेट गर्ने बारे सोध गर्न प्रस्ताव गरेका थिए ।
ट्रम्पले बोलीसक्ने वि ित्तकै सोही पत्रकार सम्मेलनमा डाक्टरहरुले यसलाई खारेज गरिदिएका थिए । ट्रम्पको आफ्नो पब्लिक हेल्थ कम्पनीले ब्लीचलाई औषधीको रुपमा प्रयोग गर्नेबारे यस अघि नै चेतावनी दिएको थियो ।
एक अधिकारी विलियम ब्रायनले पत्रकार सम्मेलनमा सुर्यको किरणबाट र गर्मीका कारण कोरोना भाईरस कमजोर हुन्छ भन्ने अमेरीकी सरकारको अनुसन्धानबाट देखिएको भनेर सार्वजनिक गरेका थिए ।
यसमा ब्लीचले पाचँ मिनेटमा कोरोना भाईरसलाई समाप्त पार्ने,आईसोप्रोपिल अल्कोहलले अझ छिटो कोरोना भाईरस मार्ने दावी गरिएको छ ।
ट्रम्पले शक्तिशाली किरण शरीर भित्र प्रवेश गराउदा ठीक हुन सक्छ यसको परीक्षण गरौ भनेका थिए । यसैमा उनले रोगनाशकलाई शरीरमा प्रवेश गराउदा एक मिनेटमै कोरोना जान्छ भने पछि चिकित्सकहरु छक्क परेका थिए ।
त्यस पछि उनले विज्ञ डा. ब्रिक्सतिर फर्केर सोधे तपाईले गर्मी र लाईटले कोरोनाको उपचार हुने बारेमा सुन्नु भएको छ ?
त्यस पछि डा. ब्रिक्सले अहँ छैन, एउटा उपचार पद्धतिको रुपमा मैले सुनेको छैन भनेर जवाफ दिए ।
त्यस पछि ट्रम्पले मलाई लाग्छ यो महत्वपूर्ण छ, भने पछि उनको आलोचना भएको थियो ।
त्यस पछि एक पत्रकारले ट्रम्पलाई सोधे ट्रम्पले नसोची गरेका टिप्पणीले गलत प्रचार हुन सक्ने र खतरनाक हुन सक्ने भनेर प्रश्न गरे पछि जवाफ नदिई ट्रम्प बाहिरीएका थिए ।
डाक्टरहरुले ट्रम्पको यो सुझाव विनाशकारी हुन सक्ने चेतावनी दिएका छन् । पल्मोनोलोजिष्ट डाक्टर बिन गूप्ताले सरसफाईका लागि प्रयोग गरिने प्रोडक्टलाई शरीरमा प्रवेश गराउने कुरा खतरनाक छ । जब मानिसलाई कसैले मार्न चाहन्छ भने यो तरीका अपनाउछन् भनेर डा. गुप्ताले आपत्ति जनाएका छन् ।
डाक्टर कासिफ महमुदले ट्वीट गर्दै ट्रम्पको डाक्टरी सल्लाह नलिन आग्रह गर्दै रोगाणुनाशक ईन्जेक्ट र अल्ट्राभायलेट रेडियसनको प्रयोगको सल्लाह दिन नसकिने बताएका छन् । सास लिएका बेला क्लोरिन झोल लिदाँ अझ स्वास्थ्यमा ठूलो असर पर्ने भन्दै ट्रम्पको यो सल्लाहमा नलाग्न चिकित्सकहरुले आग्रह गरेका छन् ।
त्यस पछि शुक्रबार साझ गरिएको पत्रकार सम्मेलनमा ट्रम्पले कुनै पनि प्रश्नको जवाफ नदिई केवल २२ मिनेट बोलेर बाहिरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ