आप्रवासी कामदारको सुरक्षामा महासङ्घको चासो

आप्रवासी कामदारको सुरक्षामा महासङ्घको चासो

  • शुक्रबार, बैशाख १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

विश्व ट्रेड युनियन महासङ्घ समन्वय समिति नेपालले नेपाली आप्रवासी कामदारलाई सुरक्षित राख्न माग गरेको छ । समितिका नेपाल संयोजक प्रेमलकुमार खनालले अपिल जारी गर्दै कोरोना भाइरसका कारणले विश्वभरि रहेका नेपाली श्रमिकको अवस्था दयनीय बन्दै गएकाले तिनीहरुलाई सुरक्षित साथ बसोबास, स्वास्थ्य र खानपिनमा हेरविचार गर्न सरकार र सम्बन्धित देशमा रहेका कूटनीतिक नियोगसँग माग गर्नुभएको हो ।

“अन्तर्राष्ट्रिय आप्रवासी कानूनले आप्रवासी श्रमिकलाई सम्बन्धित देशका नागरिक र श्रमिकसरह सुरक्षित हुन र बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ”, अपिलमा भनिएको छ, “यस्तो विपत्तिको घडीमा नेपाल सरकार र विदेशस्थित कूटनीतिक नियोगहरु अझ बढी जिम्मेवारी बोधका साथ नेपाली श्रमिकलाई ती देशमा सुरक्षित बसोबास गराउने, स्वास्थ्य र खानपिनमा हेरबिचार पु¥याइ समान व्यवहार गर्न÷गराउन युद्धस्तरमै पहलकदमी गरी सबैको स्थितिलाई सुरक्षित गराउन लाग्न आग्रह गर्दछौँ ।”

उहाँले सुरक्षित बसोबासका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ० मार्फत पनि आप्रवासी श्रमिकलाई सुरक्षित गर्न र समान व्यवहार गर्न÷गराउन सहयोगका लागि सरकारको तर्फबाट अनुरोध गरी पहलकदमी लिन आग्रह गर्नुभएको छ ।

अपिलमा हरेक गन्तव्य मुलुकमा कार्यरत श्रमिकको अवस्थाबारेमा कूटनीतिक नियोगबाट नियमितरूपमा जानकारी हुने गरी सूचना सम्प्रेषण गर्न प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारलाई समेत आग्रह गर्नुभएको छ ।

लकडाउन कारण ती मुलुकमा काम गरिरहेका उद्योगधन्दा, व्यापार–व्यवसायसमेत बन्द भएकाले नेपाली श्रमिकको जीवनरक्षाका साथै रोजगारीसमेत असुरक्षित बन्दै जाने, सङ्क्रमणका कारण कतिपय श्रमिकको मृत्युु हुनुका साथै गम्भीर बिरामीको अवस्थामा रहन बाध्य हुनुपर्ने स्थिति आउनसक्ने भन्दै त्यसप्रति सम्बद्ध निकाय बढी गम्भीर बन्नुपर्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी