एजेन्सी, १२ वैशाख ।
भारतको मध्य प्रदेशस्थित दमोह जिल्लाको जबेरा थाना क्षेत्र अन्तर्गत बंशीपुर गाउँमा ६ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बालिकाको दुबै आँखामा गम्भीर चोट पनि देखिएको छ ।
घाइते बालिकालाई सुरुमा दमोह जिल्ला अस्पताल पुर्याइएको थियो त्यसपछि उनलाई मेडिकल कलेज जबलपुर रिफर गरियो ।
बालिकाले अभियुक्तलाई चिन्न नसकोस् भनेर उनको आँखामा क्षती पुर्याएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरीका अनुसार बालिका बुधबार बेलुका आफ्ना साथीसँग खेलिरहेका बेला गायब भएकी थिइन् ।
बालिकाको रातभरी खोजी गरियो तर बिहिबार बेलुका बालिकालाई एक सुनसान स्थानमा भेटिएको थियो । उनको दुबै हात बाँधिएको थियो ।
दमोहका प्रहरी अधिकारी हेमन्त चौहानले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘बालिकाको शरीरको अन्य भागमा पनि चोट देखिएको छ । यो मामलामा सचिन सेन नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ जसको उमेर २१ वर्ष हो ।’
प्रहरीले उनीसँग सोधपुछ गरिरहेका छन् । बालिकाको आँखा पूर्ण रुपमा खराब भए नभएको अहिले नै थाहा पाउन मुश्किल भएको हेमन्त चौहानले बताए ।
उनले भने, ‘उनको दुबै आँखा सुन्निएको छ जसमार्फत् थाहा हुन्छ कि उनको आँखामा कति धेरै क्षती पुर्याइएको छ ।’