अमेरीकामा कोरोना संक्रमणका कारण २४ घण्टामा ३१ सय ७३ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या एक लाख ९१ हजार नजिक, कुल संक्रमित २७ लाख बढी 

अमेरीकामा कोरोना संक्रमणका कारण २४ घण्टामा ३१ सय ७३ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या एक लाख ९१ हजार नजिक, कुल संक्रमित २७ लाख बढी 

  • शुक्रबार, बैशाख १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

बैशाख ११ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण पछिल्लो २४ घण्टामा करीब ८ हजार मानिसको ज्यान गएको छ । यो सगँै मृतकको संख्या एक लाख ९१ हजार नजिक पुगेको छ । साथै कुल संक्रमितको संख्या २७ लाख ५ हजार नजिक पुगेको छ । यस्तै सात लाख ४४ हजार बढी निको भएका छन् ।
यो समाचार तयार पार्दा सम्म कोरोनाको केन्द्र बनेको अमेरीकामा मात्रै २४ घण्टामा ३१ सय ७३ जनाको मृत्यु भएको वासिग्टन पोष्टले उल्लेख गरेको छ । यो अघिल्लो दिनको तुलनामा निकै बढी हो ।  अमेरीकामा कुल मृतकको संख्या ४९ हजार ७ सय ५९ पुगेको छ भने त्याहाँ कुल संक्रमित ८ लाख ६६ हजार ६ सय ४६ पुगेको छ ।
त्यस पछि ईटालीमा मृत्यु हुनेको संख्या २५ हजार ५ सय ४९ भएको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ९० हजार नजिक पुगेको छ ।
स्पेनमा मृतकको संख्या २२ हजार एक सय ७५ पुगेको छ भने दुई लाख १३ हजार बढी संक्रमित भएका छन् ।
फ्रान्समा मृत्यु हुनेको संख्या २१ हजार ८ सय ८९ पुगेको छ । त्याहाँ संक्रमितको संख्या एक लाख ६० हजार नजिक पुगेको छ ।
त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या बढेर १८ हजार ७ सय ९१ पुगेको छ । संक्रमित एक लाख ३९ हजार २ सय ४६ पुगेको छ ।
जर्मननीमा मृतकको संख्या ५ हजार ५ सय ७५ पुगेको छ । त्यसै गरी संक्रमित एक लाख ५३ हजार एक सय २९ भएको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या तीव्र वृद्धि भएर एक लाख एक हजार पुगेको छ भने २४ सय ९१ जनाको मृत्यु भएको छ ।
ईरानमा मृतकको संख्या ५ हजार ४ सय नाघेको छ भने संक्रमितको संख्या ८७ हजार पुगेको छ ।
बेल्जियममा मृतकको संख्या ६ हजार ४ सय ९० पुगेको छ भने ४२ हजार ७ सय ९७ संक्रमित भएका छन् ।
ब्राजिलमा मृतकको संख्या ३३ सय १३ भएको छ भने संक्रमित ५० हजार नजिक पुगेको छ ।

क्यानडामा मृतकको संख्या २२ सय ३९ पुगेको छ भने संक्रमित ४३ हजार २ सय ५२ पुगेको छ ।
नेदरल्याण्डमा मृतकको संख्या ४१ सय ९२ पुगेको छ भने संक्रमित ३६ हजार नजिक पुगेको छ ।
रुसमा संक्रमितको संख्या ६२ हजार ७ सय ७३ पुगेको छ भने ५ सय ५५ जनाको मृत्यु भएको छ ।
यसै गरी भारतमा निरन्तर कोरोना संक्रमित बढीरहेको छ । भारतमा २३ हजार ३९ जना संक्रमित पुगेको छ भने ७ सय २१ जनाको मृत्यु भएको छ । लामो लकडाउनका बीच भारतमा कोरोनाको रफ्तार बढीरहेको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर ११ हजार १ सय ४५ पुगेको छ भने पुगेको छ भने मृतकको संख्या २ सय ३७ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ