प्यालेष्टाईनी क्षेत्रमा बस्ती बिस्तार गर्ने ईजयारलको योजनाप्रति सयुक्त राष्ट्रसंघ र यूरोपेली युनियनको कडा चेतावनी

प्यालेष्टाईनी क्षेत्रमा बस्ती बिस्तार गर्ने ईजयारलको योजनाप्रति सयुक्त राष्ट्रसंघ र यूरोपेली युनियनको कडा चेतावनी

  • शुक्रबार, बैशाख १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी बैशाख १२ । सयुक्त राष्ट्रसंघ र युरोपेली युनियनले ईजरायलले कब्जा गरेको वेष्ट बैंक क्षेत्रमा बस्ती बिस्तार गर्ने योजनाको कडा विरोध गर्दै त्यसलाई अविलम्ब रोक्न चेतावनी दिएका छन् ।
सयुक्त राष्ट्रसंघका मध्यपूर्वका विशेष दुत निकोलाई मानदेनोभले प्यालेष्टाईनी क्षेत्रमा थप अतिक्रमण गर्ने ईजयायली कदमले अन्तराष्ट्रिय कानुनको गंभीर उलंघन हुने भन्दै दुई राज्यबीच थप द्धन्द बढ्न सक्ने बताए ।
यसै गरी युरोपेली युनियनले अतिक्रमण गर्ने ईजरायली कदमले अन्तराष्ट्रिय कानुनको ठाडो उलंघन हुने भन्दै त्यो गंभीर हुने चेतावनी दिएको छ ।
ईजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यु र विपक्षी बेनी गान्जले गत साता सयुक्त गठबन्धनको सम्झौता गर्दै जुलाई एक बाट वेष्ट बैंक क्षेत्रको विस्तार र बस्ती बिस्तार गर्ने सहमति गरे पछि राष्ट्रसंघ र ईयुको यो चेतावनी आएको हो ।
युरोपेली युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले ईजरायलले यो कदम नरोके युनियनका २७ देशहरुले विस्तारीत क्षेत्रमा ईजरायलको सार्वभौम सत्ता अस्वीकार गर्ने चेतावनी दिए ।
प्यालेष्टाईनी क्षेत्रमा उसले बिस्तार गर्ने गतिविधिको नजिकबाट नियालीरहेको र त्यसै अनुसार सिमा क्षेत्रको निगरानी र कार्बाही अघि बढाउने जोसेपले बताए ।
सन् १९ सय ६७ देखि विवाद र युद्धमा रहेको मध्यपूर्वको ईजरायल प्यालेष्टाईन क्षेत्रमा अमेरीकी समर्थनमा रहेको ईजरायलले निरन्तर प्यालेष्टाईनी भुभागको अतिक्रमण गर्दै बस्ती विस्तार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ