एजेन्सी बैशाख १२ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरका कोरोना विरुद्धको भ्याक्सिन निर्माणमा सफलताको नजिक पुगेको दाबी गरेका छन् । ह्वाईट हाउसको नियमित प्रेस ब्रिफिगंमा उनले राम्रा मान्छेहरुले यसका लागि काम गरीरहेको भन्दै परीक्षणको मिति भने तय नभएको बताए ।
जब यो परीक्षण शुरु हुन्छ, यसको मिति तय हुन्छ , तब सफल हुन्छ, ट्रम्पले भने ।
यस्तै अमेरीकी उपराष्ट्रपति माईक पेन्सले कोरोनाको संक्रमण निरन्तर घट्दै गएको र आउदो गर्मी मौसम सम्ममा यसमा नियन्त्रण आउन सक्ने दाबी गरेका छन् ।
नियमित पत्रकार सम्मेलनमा ह्वाईट हाउसमा बोल्दै पेन्सले अमेरीका राम्रो स्तितिमा जादै गरेको बताउदै न्यूयोर्क, न्यु जर्सी लगायतका क्षेत्रमा कोरोनाको तीव्र प्रभावको स्थिति पार भएको र अहिले संक्रमण घटीरहेको उल्लेख गरे ।
राम्रो प्रयास अहिले भईरहेको र यसरी अघि बढे गर्मी मौसम शुरु हुदा यो भन्दा अझ राम्रो स्थितिमा पुगिने उनले बताए ।