डब्लुएचओःअमेरीकाले अनुदान रोके पछि चीनले बढायो सहयोग, ३ करोड डलर सहयोगको घोषणा

डब्लुएचओःअमेरीकाले अनुदान रोके पछि चीनले बढायो सहयोग, ३ करोड डलर सहयोगको घोषणा

  • शुक्रबार, बैशाख १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी बैशाख १२ । अमेरीकाले चीन पक्षधर भएको र कोरोनाको सूचना होल्ड गरेको आरोप लगाउदै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिईदै आएको ४० करोड बढी डलर रोक्ने घोषणा गरेका बेला चीनले थप सहयोग दिने घोषणा गरेको छ ।
चीनीया विदेश मन्त्रालयका प्रवक्ता गेंग सुआनले कोरोना महामारी नियन्त्रणका लागि ३ करोड अतिरिक्त डलर सहयोग दिने बताए ।
प्रवक्ता सुआनले यो विश्वव्यापी महामारी नियन्त्रण र विश्वको स्वास्थ्य प्रणाली मजबुत पार्न थप सहयोग गरिएको बताए ।
सयुक्त राष्ट्रसंघ र अन्य एजेन्सीहरुमाथि चीनीया जनताको भरोसा रहेको दर्शाउन पनि यो सहयोग दिईदै आएको भन्दै उनले यस अघिको नियमित सहयोग पनि जारी रहने बताए ।
यसैबीच डब्लुएचओका प्रमुख डा. टेड्रोस एडनम गेब्रिसियसले अमेरीकालाई पनि सहयोग रोक्ने घोषणा फिर्ता लिन अपील गरेका छन् ।
यसबाट विश्वका जनता र अमेरीकी जनताको समेत सुरक्षाका लागि समेत महत्वपूर्ण भएको डा. टेड्रोसले बताए ।
एक साता अघि राष्ट्रपति ट्रम्पले डब्लुएचओमाथि चीन पक्षधर भएको आरोप लगाउदै ४० करोड भन्दा बढी डलर अनुदान रोक्ने घोषणा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ