एजेन्सी बैशाख १२ । युरोपेली युनियनले कोरोना महामारीका कारण बढ्दो आर्थिक संटक हटाउन अरबौं डलरको आपतकालीन सहायता प्याकेजको घोषणा गरेका छन् ।
भिडियो कन्फेरेन्स मार्फत शीर्ष नेताहरुको बैठकले सो घोषणा गरेको हो । यसको बिस्तृत खाका अब तयार हुने बताईए पनि करीब ५ सय ४० अर्ब युरोको यो कोष तयार हुने अनुमान गरिएको छ । यस सहमति प्रति कोरोनाबाट सबै भन्दा प्रभावित ईटालीका प्रधानमन्त्री कोन्टेले खुसी व्यक्त गरेका छन् । सागै उत्तरी युरोपका धनी देशहरुले एकता देखाउन पनि उनले माग गरेका छन् ।
यो कोषमा सबै भन्दा धेरै योगदान जर्मनीले गर्ने बताईएको छ । बेलायत अलग्गिए पछि यूरोपमा सबै भन्दा शक्तिशाली देशको रुपमा जर्मनीलाई हेरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline