प्रधानमन्त्रीलाई एक प्रवासीको बिन्ती पत्रः अब राजीनामा दिएर आराम गर्नुस्

प्रधानमन्त्रीलाई एक प्रवासीको बिन्ती पत्रः अब राजीनामा दिएर आराम गर्नुस्

  • बिहिबार, बैशाख ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

सम्माननीय प्रधानमन्त्री ज्यु नमस्कार । प्रस्तुत विषमा म नचाहाँदा नचाँहादै विन्तीपत्र लेख्न गएको छु । हजुरसंग भेट नभएको पनि झन्डै तिनवर्ष हुनलाग्यो । जतिबेला हुजर भोट माग्न गाँउमा आउनु भएको थियो ।त्यतिवेलाहजुर संगभेट भएको थियो । हजुरका कथा, चुट्कीला सुन्ने मौका पनि पाएंको थिए । हजुरको कथा चुट्कीलामा मेरो देशविकास परिवर्तको झझल्को थियो । आम नेपालीको सपना पनि त्यही थियो । हजुरको कथा चुट्कीला सुनेर हामीले हजुर हजुरको पाटीलाइ भोट दिएर जितायौँ । आज हजुर देशको प्रधानमन्त्रीपदमा हुनुहुनुन्छ । हजुरले चुनावमा भने जस्तो दुइवर्षमा न पानीजहांज आयो, नत रेल आयो ,नत घरघरमा ग्यासनै आयो । हजुरभन्दै हुन्थ्यो कम्युनिस्टको सरकार आयो भने कोहीभोकै बस्नु पदैन घर घरखाना आउछ । तर यो संकटमा तपाइलाइ भोट दीएर प्रधानमन्त्री बनाउने जनता भोकभोकै छन् । आज किसानको तरकारीले बजार नपाएर खाल्डो खनेर पुर्दैछन , दुधले मुल्य नपाएर सडकमा पोखदैछन् , बलात्कार पिडीतले न्याय नपाएर छट्पटाईरहेका छन् । युवाहरु रोजगार नपाएर सर्टीफीकेट बोकेर खाडी जाने लाइनमा बसेका छन् । गाउँगाउँमा सिंहदरबार आयो भन्नु हुन्थ्यो, तर गाँउमा त भ्रष्टाचार पो आएछ । ठुलठुला कम्पनिलाई कर मिनाहा गर्नुहुन्छ तर दुइवटा चल्ला पाल्लेलाई कर लगाउनु हुन्छ , के यही हो गणतन्त्र प्रधानमन्त्री ज्यु ?

प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममाबर्षौ र्अर्बौ बजेट घाँस काट्ने र बाँदर हेर्नको लागी खेर फाल्नु भएको छ । तर नेपालकै लगानीमा उत्पादन गर्न सक्ने सस्तो योजना भारतरलाइ बिक्री गर्नु भएको छ । के यही हजुरको सुसासन र राष्ट्रियता ? प्रत्येक सरकारी अफीसमा गयो कहीं कमचारी हुदैन कही घुस विना काम गदैनन् । कहीले सम्म जनताले हजुरका कथा,र चुट्कीला सुनेर बस्ने प्रधानमन्त्री ज्यु ? भ्रष्टचार नगर कालोबजारी नगर शान्ती शुरक्षाकायम गर भन्नेलाइ जेल, भ्रष्टचार गर्नेलाई कालोबजारी,गर्ने दलाल अपराधीहरुलाइ कहीले सम्म फुलमाला लगाएर सिंहदरबार भित्रराख्ने प्रधानमन्त्री ज्यु । अनि हामी नेपाली जनता कहिलेसम्म हजुरहरुको दास भएर बस्ने र भ्रष्टचार गर्न र देश बेच्नको लागी जनताले भोट दीएर प्रमाणीत गरिदिनु पर्ने ?
यतिवेला विश्वमा फैलिएको कोरोनाले गर्दा एक लाख ८४ हजार भन्दा बढीले ज्यान गुमाइसके २६ लाखभन्दा बढि सक्रमित छन् । लकडाउनले कम्पनि,उद्योग, कलकारखाना सवै बन्द छन् । ठुलो सपाना बोकेर विदेश गएका युवाहरुको रोजगारी गुमेको छ । कम्पनिले तलव र खान नदिदा भोक भोकै पिडामा छटपटाइ रहेका छन् । कतिपय देशले त हजुरलाइ आफ्ना मान्छे लैजा भनेर चिठी पठाइसकेको होला । तर हजुरले नेपाल आउने काँडे तार लगाइ सक्नु भएको छ । हिजो हजुरलाइभोट हाल्ने मजदुर आजभोकै छन , हिजो हजुरको आन्दोलनमा टाउको फुटाउने मजदुर बाटोमा भोक भोकै अलपत्र छन् । सुनेको छु कोही भारत बाट घर आउन नपाएर महाकालीमा हाम फालेर आउन खोज्दैछन् । कोही दशगजामा त्रीपाल मुनि बस्दै छन रे । कोहीभोकले छटपदाउँदै छन रे राहत पनि आफ्ना आफ्ना मान्छेलाइ बाड््दै छन रे बाडिँएको राहत पनि कुहिएको छ रे । हजुर बालुवाटार भित्र बसेर भन्दैहुनुहुन्छ सरकाले देखेको छैन पत्रकारले कसरी देख्यो ? प्रधानमन्त्री ज्यु सरकारले देख्नलाइ त अर्को चुनाव आउनुपर्ने होला हैनर ? हजुर सिहदरबार बाट भन्नु हुन्छ गितगाउ र तालिबजाउ तर भोक भोकै कसरी बज्छ तालीत्यो पनि सिकाइ दिनु पर्यो प्रधानमन्त्री ज्युु । म भ्रष्टचार गर्दिन भ्रष्टचार गर्नेलाइ देख्न पनि सक्दिन भन्नु हुन्थ्यो । तर आज भ्रष्टचारीहरुलाइ दुधले नुवाएर आफ्नो क्वाटर र सिंहदरबारमा राखेको कुरा हजुरको भोट दिने जनताले थाहा पाइसकेका छन् । धेरै ढाकछोप गर्न पर्दैन प्रधानमन्त्री ज्यु । अव हामी गरीव मजदुरले आफ्नो देश देश आउन र भातमासु खान त अर्को चुनाव सम्मपर्खनु पर्ने होला हैनर प्रधानमन्त्री ज्यु ? विश्वमहामारी संकटमा परेको छ सरकारले जनताको अविभावको जिम्मेवारी पुरा गर्ने बेला सिहंदरबारमा बसेर हिसाब किताब गर्दै हुनुहुन्छ । मलाइ माफगर्नुहोला प्रधानमन्त्री ज्यु नैतिकताको आधारमा राजिनामा दिएर स्वास्थ्यलाभ गर्नुहोस । देशको जिम्मा अरुलाइ दिनुहोस कोरोना बाट बाँचीए छ भने अर्को चुनावमा हजुरका नयां कथा चुट्कीलाका साथ भेट गरौंला ।
धन्यबाद ।
उही समुन्द्रपारीबाट सर्वराज वि सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी