एजेन्सी बैशाख ११ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गल्फ सागरमा ईरानी रिभोल्युसनरी गार्डको युद्धक बोटहरुले अमेरीकी जहाजलाई उत्तेजित बनाएको भन्दै अब त्यो भएमा ध्वस्त पारीदिन निर्देशन दिएको बताएका छन् ।
ट्रम्पले टवीट् गर्दै यदी हाम्रो जहाजमाथि कुनै पनि खालको उत्तेजना र बाधा पुर्याउने काम गर्दछ भने ईरानको सबै जहाजलाई ध्वस्त बनाउने र खसाल्नु भनेको छु ट्रम्पले लेखेका छन् ।

ट्रम्पको यस चेतावनीको जवाफ फर्काउदै ईरानका सैन्य प्रवक्ताले पहिला आफ्नो नेभीलाई कोरोनाबाट बचाउन सुझाव दिएका छन् ।
प्रवक्ता अबोल फाजल सेखर्चीले अमेरीकाले आफ्नो सबै शक्ति कोरोना नियन्त्रण र जनता र सेनाको सुरक्षाका लागि खर्च गर्नु पर्ने बताएका छन् ।
करीब ११ दिन अघि अमेरीकी जहाज र ईरानी सेनाको जहाजबीच चेतावनी जारी हुनुका बाबजुद नजिक जनिक भएर पार भएका थिए । यसलाई अमेरीकाले चुनौतीको रुपमा महसुस गरेको छ ।