बैशाख ११ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण पछिल्लो २४ घण्टामा मात्रै करीब ६ हजार मानिसको मृत्यु भएको छ । यो सगँै मृतकको संख्या एक लाख ८३ हजार नाघेको छ ।
जोन हप्किन्स विश्वविद्यालयको हेल्थ सेन्टरका कुल संक्रमितको संख्या पनि २६ लाख २२ हजार भन्दा बढी भएको छ । यस्तै ७ लाख १७ हजार भन्दा बढी निको भएका छन् ।
कोरोनाको केन्द्र बनेको अमेरीकामा पछिल्लो २४ घण्टामा दुई हजार ५३ जना भन्दा बढीको मृत्यु भएको छ । यो सगँै अमेरीकामा मृतकको कुल संख्या ४६ हजार ४ सय ९७ पुगेको छ । कुल संक्रमित ८ लाख ३७ हजार नाघेको छ । अघिल्ला दिनहरुको तलुनामा अमेरीकामा संक्रमितको संख्या केही कम बृद्धि भएको देखिएको छ ।
त्यस पछि ईटालीमा मृत्यु हुनेको संख्या २५ हजार पार भएको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ८७ हजार नाघेको छ ।
स्पेनमा कुल २१ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या भने २ लाख ८ हजार बढी पुगेको छ ।
त्यस पछि फ्रान्समा मृत्यु हुनेको संख्या २१ हजार ३ सय ७३ पुगको छ भने पुगेको छ भने संक्रमितको संख्या एक लाख ५७ हजार बढी छ ।
त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या बढेर १८ हजार एक सय ५१ पुगेको छ । संक्रमित एक लाख ३४ हजार ६ सय नाघेको छ ।
जर्मननीमा मृतकको संख्या ५ हजार २ सय ५० पुगेको छ । त्यसै गरी संक्रमित एक लाख ५० हजार बढी भएको छ ।
ईरानमा ५३ सय ९१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या भने ८६ हजार पुगेको छ ।
यस्तै टर्कीमा ९८ हजार बढी संक्रमित भएका छन् भने मृतकको संख्या २३ सय ७६ पुगेको छ ।
बेल्जियममा मृतकको संख्या ६ हजार २ सय ६२ जनाको मृत्यु भएको छ भने ४१ हजार ८ सय ८० संक्रमित भएका छन् ।
ब्राजिलमा मृतकको संख्या २९ सय ६ पुगेको छ भने संक्रमित ४५ हजार ७ सय माथि छ ।
क्यानडामा मृतकको संख्या २ हजार पार भएको छ भने संक्रमित ४१ हजार ३ सय नाघेको छ ।
नेदरल्याण्डमा मृतकको संख्या ४ हजार पार भएको छ भने संक्रमित ३५ हजार माथि छ ।
रुसमा संक्रमितको संख्या ५८ हजार संक्रमित भएका छन् भने ५ सय १३ जनाको मृत्यु भएको छ ।
स्वीजरल्याण्डमा मृतकको संख्या १५ सय नाघेको छ भने २८ हजार बढी संक्रमित छन् ।
यसै गरी पोर्चुगलमा करीब २२ हजार संक्रमित पुगेका छन् भने मृतकको संख्या ७ सय ८५ पुगेको छ ।
यता भारतमा निरन्तर कोरोना संक्रमित बढीरहेको छ । भारतमा २१ हजार ३ सय ७० संक्रमित भएका छन् भने मृतक ६ सय ८१ पुगेको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर १० हजार ५ सय ३ पुगेको छ भने मृतकको संख्या २ सय २० पुगेको छ ।