एकै दिन कोरोनाले विश्वभर सात हजार बढीको मृत्यु, ९० हजार बढी संक्रमित

एकै दिन कोरोनाले विश्वभर सात हजार बढीको मृत्यु, ९० हजार बढी संक्रमित

विश्वभर मर्नेको संख्या एक लाख ७७ हजार , संक्रमित २५ लाख ६२ हजार भन्दा धेरै

  • बुधबार, बैशाख १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

बैशाख १० एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण पछिल्लो २४ घण्टामा मात्रै करीब ७ हजार मानिसको मृत्यु भएको छ । संक्रमितको संख्या पनि ९० हजार बढेर २५ लाख ६० हजार नाघेको छ ।
जोन हप्किन्स विश्वविद्यालयको हेल्थ सेन्टरका अनुसार विश्वभर कुल मृतकको संख्या एक लाख ७७ हजार २ सय पुगेको छ भने संक्रमित २५ लाख ६२ हजार पुगेको छ ।
कोरोनाको केन्द्र बनेको अमेरीकामा मृत्यु हुनेको संख्या ४४ हजार ८ सय ५ पुगेको छ । यो खबर तयार पार्दा सम्म त्याहाँ पछिल्लो २४ घण्टामा २५ सय ७२ जनाको मृत्यु भएको छ । कुल संक्रमित ८ लाख २३ हजार नाघेको छ । यो विश्वमा सबै भन्दा बढी हो ।
त्यस पछि ईटालीमा मृत्युदरमा कमी आएको छ । त्याहाँ मृतककोसंख्या २४ हजार ६ सय नाघेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ८४ हजार नजिक पुगेको छ ।
स्पेनमा पनि मृत्यु दरमा केही कमी आएको छ । त्याहाँ कुल २१ हजार २ सय नाघेको छ । तर संक्रमितको संख्या भने २ लाख ४ हजार बढी पुगेको छ ।
त्यस पछि फ्रान्समा मृत्यु हुनेको संख्या पनि २० हजार ८ सय २९ पुगेको छ भने संक्रमितको संख्या एक दाख ५९ हजार नाघेको छ ।
त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या १७ हजार तीन सय नाघेको छ भने संक्रमित एक लाख ३० हजार पुगेको छ ।
जर्मननीमा मृतकको संख्या ५ हजार पार भएको छ । त्यसै गरी संक्रमित एक लाख ४८ हजार बढी भएको छ ।
ईरानमा मृत्यदर घटेको छ त्याहाँ एक सय भन्दा कम मृत्यु भएको छ पछिल्लो २४ घण्टामा । संक्रमितको संख्या भने ८४ हजार ८ सय नाघेको छ ।
यस्तै टर्कीमा एकै दिन ५ हजार बढी संक्रमित बढेर ९५ हजार पुगेको छ भने मृतकको संख्या २२ सय नाघेको छ ।
बेल्जियममा मृतकको संख्या ६ हजार नजिक पुगेको छ भने संक्रमित ४० हजार ८ सय भन्दा बढी भएको छ ।
ब्राजिलमा मृतकको संख्या २७ सय ४१ पुगेको छ भने संक्रमित एकै दिन तीन हजार बढेर ४३ हजार पुगेको छ ।
क्यानडामा मृतकको संख्या १९ सय ९ पुगेको छ भने संक्रमित ३९ हजार ४ सय ६४ पुगेको छ ।
नेदरल्याण्डमा मृतकको संख्या ३९ सय सय २९ पुगेको छ भने संक्रमित ३४ हजार ३ सय भन्दा बढी छ ।
रुसमा संक्रमितको संख्या ५२ हजार ७ सय नाघेको छ भने मृतकको संख्या ४ सय ५६ पुगेको छ ।
स्वीजरल्याण्डमा करीब २८ हजार बढी संक्रमित भएका छन् भने १४ सय ७८ जनाको मृत्यु भएको छ । त्याहाँ संक्रमण दर घटेको छ ।
यसै गरी पोर्चुगलमा २१ हजार ३ सय ७९ संक्रमित पुगेका छन् भने मृतकको संख्या ७ सय ६२ पुगेको छ ।
यता भारतमा निरन्तर कोरोना संक्रमित बढीरहेको छ । भारतमा संक्रमित एकै दिन १५ सय भन्दा बढी थपिएर २० हजार पार भएको छ । मृतकको संख्या ६ सय ४५ पुगेको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर ९ हजार ७ सय ३८ पुगेको छ भने मृतकको संख्या २ सय ९ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ