बैशाख ९ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण मृत्यु हुने र संक्रमित हुनेको संख्या निरन्तर बढ्ने क्रम जारी छ । यस क्रममा पछिल्लो तथ्याकं अनुसार कुल मृतकको संख्या एक लाख ७० हजार पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयको हेल्थ सेन्टरका अनुसार संक्रमितको संख्या पनि २४ लाख ७० हजार नाघेको छ । यसै गरी यस संक्रमणबाट ६ लाख ४५ हजार बढी निको भएका छन् ।
कोरोनाको केन्द्र बनेको अमेरीकामा अघिल्लो दिनहरुको तुलनामा मृृृत्यु दरका केही कमी आएको छ । यो खबर तयार पार्दा सम्म त्याहाँ पछिल्लो २४ घण्टामा १२ सय बढीको मृत्यु भएर कुल मृतकको संख्या ४१ हजार ८ सय ७२ पुगेको छ । ७ लाख ८३ हजार २ सय ९० जना संक्रमितको संख्या पुगेको छ । यो विश्वमा एकै देशमा सबै भन्दा धेरै हो ।
त्यस पछि ईटालीमा मृतकको संख्या २४ हजार नाघेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ८१ हजार २ सय २८ पुगेको छ ।
स्पेनमा मृत्यु दरमा केही कमी आएको छ । त्याहाँ पछिल्लो २४ घण्टामा ३ सय बढीको मृत्यु भएर कुल २० हजार ८ सय ५२ पुगेको छ । तर संक्रमितको संख्या भने बढेर दुई लाख पार भएको छ । एकै दिनमा ४ हजार बढी संक्रमित भएका छन् ।
त्यस पछि फ्रान्समा मृत्यु हुनेको संख्या पनि २० हजार पार भएको छ भने संक्रमितको संख्या एक लाख ५६ हजार नाघेको छ ।
त्यसै गरी बेलायतमा मृत्यु दरमा केही कमी आएको छ । त्यहाँ कुल मृतकको संख्या १६ हजार ५ सय ५० पुगेको छ भने संक्रमितको संख्या एक लाख २५ हजार पार भएको छ ।
जर्मननीमा ४७ सय बढीको मृत्यु भएको छ भने एक लाख ४६ हजार ६ सय ५३ जना संक्रमित भएका छन् ।
ईरानमा मृतकको संख्या ५२ सय नाघेको छ भने संक्रमित ८३ हजार ५ सय ५ पुगेको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या तीव्र वृद्धि भएर ९० हजार ९ सय ८० पुगेको छ भने मृतकको संख्या २१ सय ४० पुगेको छ ।
बेल्जियममा मृतकको संख्या ५८ सय २८ पुगेको छ भने संक्रमित ४० हजार नजिक पुगेको छ ।
त्यस पछि ब्राजिलमा मृतकको संख्या २५ सय नाघेको छ भने संक्रमित ४० हजार ५ सय ८१ पुगेको छ ।
क्यानडामा मृतकको संख्या १७ सय २६ पुगेको छ भने संक्रमित ३७ हजार ६ सय ५६ पुगेको छ ।
नेदरल्याण्डमा मृतकको संख्या ३७ सय ६४ पुगेको छ भने संक्रमित ३३ हजार ५ सय भन्दा बढी छ ।
रुसमा संक्रमितको संख्या एकै दिन ५ हजार बढेर ४७ हजार नाघेको छ भने मृतकको संख्या ४ सय ५ पुगेको छ ।
स्वीजरल्याण्डमा करीब २८ हजार संक्रमित भएका छन् भने १४ सय बढीको मृत्यु भएको छ ।
यसै गरी पोर्चुगलमा २० हजार ८ सय ६३ संक्रमित पुगेका छन् भने मृतकको संख्या ७ सय ३५ भएको छ ।
यता भारतमा निरन्तर कोरोना संक्रमित बढीरहेको छ । भारतमा १८ हजार हजार ५ सय ३९ जना संक्रमित भएका छन् भने मृतकको संख्या ६ सय नजिक पुगेको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर ९ हजार एक सय ९३ पुगेको छ भने मृतकको संख्या एक सय ९२ पुगेको छ ।