गरिब अनि अशक्तलाई प्रोत्साहन र भाषा संस्कृति जोगाउने हाम्रोअभियान भन्ने मुल उद्देश्यका साथ मगर लाफा ग्रुपले नयाँ बर्ष २०७७सालको अवसर पारेर आयोजित टिकटक प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा नेपाल,हङ्कङ ,मलेसिया युके आदि देशहरुबाट ६७ जनाले उत्साहजनक रुपमा प्रतियोगितामा सहभागिताजनाएको कार्यक्रम संचालक सविन बाबु मगरले जानकारी दिनुभयो ।
प्रतियाेगितामा नेपाल,हङ्कङ पान मलेसिया युके आदि देशहरुबाट ६७ जनाले उत्साहजनक रुपमा प्रतियोगितामा सहभागिताजनाएकाे कार्यक्रम संचालक सविन बाबु मगरले जानकारी दिनुभयाे । प्रतियोगिता २ राउन्ड मा प्रतिस्पर्धा भएकाे थियाे ।
६७ प्रतियाेगीहरुबाट टप टेनमा प्रबेश गर्न सफल प्रतियाेगीहरुले फाईनल राउण्डमा प्रतिस्पर्धामा सहभागी जनाएका थिए । प्रतियाेगिताका लागि २०७६/१२/२९ गते देखि २०७७/०१/०६ गते सम्म समय अवधि ताेकिएकाे थियाे ।प्रतियाेगिताका लागि प्रथम पुरस्कार भिक्टर ठाडा मगर ( नवलपरासी हाल जापान )मगर पोशाक १ सेट ,इशु जर्घा मगर (Sumayaa fashion with culture( रौतहट हाल काठ्मान्डौ ), दोस्रो पुरस्कार सुनिता श्रीष थापा मगर (Supriya spice & halal foods) (बागलुङ हाल जापान,तेस्रो पुरस्कार ईन्दिरा गर्बुजा पिठाकोटे मगर( हाल जापान ) र सान्त्वना पुरस्कार वीर बहादुर सारु मगर ( नवलपरासी हाल मलेसिया )ले सहयाेग गरेकाे मगर लाफा ग्रुपले जनाएकाे छ ।
टिकटक प्रतियाेगिताकेा गीत भ्वाइस अफ नेपाल सिजन १का सहभागीकलाकारद्वय रित राणा मगर र सन्ताेष राणा मगरकाे स्वरमा रहेकाे डिस्या रडि लाखा (माछा र पानी जस्तै )बाेलकाे गीत रहेकाे थियाे ।
बिजेताहरु र प्राप्त भाेट १ ) प्रथम :-समिक्षा सारु मगर वालिङ स्याङजा३७३४भोट २) द्वित्तिय :तिर्सना झेडि मगर : पाल्पा ३६४८ भोट ३ ) रश्मी पुन मगर : म्याग्दी हाल पोखरा २९८५ भाेट ४ ) जुना पुन :काठमान्डाै २७१६ भाेट (५)उत्कृष्त अभिनय :सर्जन थापा मगर/सृजना थापा मगर (भेस्ट कपल )बिजेता #पुरस्कार बिबरण :- (१) प्रथम पुरुस्कार :- रु १०,००० र मगर पोशाक १ सेट मगर भाषा किताब ( साथमा प्रमाण-पत्र ) (२) दोस्रो पुरस्कार :- रु ८,००० मगर भाषा किताब ( साथमा प्रमाण-पत्र ) (३) तेस्रो पुरस्कार :- रु ५,००० मगर भाषा किताब ( साथमा प्रमाण-पत्र ) (४) सान्त्वना पुरस्कार :- रु ३,००० मगर भाषा किताब (साथमा प्रमाण-पत्र) (५) उत्कृष्ट अभिनय रु ३,०००र साथमा प्रमाणपत्र बिश्वभरी छरिएर रहेका मगरहरु मध्ये मगर लाफा ग्रुपमा ३५ हज़ार भन्दा बढी मगरहरु आबद्द छन ।
ग्रुपले मगर भाषा धर्म सस्कृति रपहिचान जगेर्ना गर्नुका साथै आपत बिपतमा परेका मगरहरुका निम्ति बिभिन्न सहयाेगहरु गर्दै आइरहेका छन ।