एजेन्सी बैशाख ८ । बेलायतमा कोरोना महामारीसगँ जुध्ने क्रममा ८० जना डाक्टर र स्वास्थ्यकर्मीको मृत्यु भएको छ । हाल सम्म त्यति ठूलो संख्यामा स्वास्थ्यकर्मीको मृत्यु हुनुका साथै अन्य केही संक्रमित रहेको डेलीमेलले जनाएको छ ।
यसैबीच डाक्टरहरुले आजबाट गाउन र पिपिईको अभाव भएको भन्दै कोरोना संक्रमितको उपचार रोक्ने चेतावनी दिएका छन् ।
एक जना डाक्टरले कि त आफै पनि संक्रमित भएर मर्नु पर्ने, या संक्रमित नागरिक मरेको हेर्नु पर्ने कठिन अवस्था आएको भन्दै सुरक्षा उपकरण उपलव्ध गराउन माग गरेका छन् ।
बेलायी रोयल एयरफोर्सले टर्कीबाट ४ लाख गाउन ल्याउन ढिला भएको थियो । जसले गर्दा यो अभाव बढेको स्वास्थ्यअधिकारीहरुले बताएका छन् । सरकारले भने अभाव तत्कालै हटाएर सहज पार्ने जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline