एजेन्सी बैशाख ८ । भारत महाराष्ट्रको पालघरबाट गाडीमा हिडेका दुई साधु सहित तीन जना लाई गाडी रोकेर कुटी कुटी हत्या गरेको अभियोगमा प्रहरीले एक सय १० जनालाई पक्राउ गरेको छ । जसमा ९ जना बालबालिका समेत रहेको बिबिसीले जनाएको छ ।
बिहिबार राति नै भएको यो घटनाको भिडियो आईतबार मात्रै सामाजिक सञ्जालमा भाईरल बने पछि प्रहरीले उक्त कदम चालेको हो ।
जुन भिडियो अनुसार घटनास्थलमा एक जना प्रहरी अधिकारी समेत उपस्थित रहेको देखिएको छ ।
ती तीनै जना व्यक्ति आफन्तको मृत्यु भए पछि दाहासंस्कारमा सहभागी हुन जाने क्रममा गाडीबाट झारेर कुटी कुटी हत्या गरिएको थियो ।
महाराष्ट्र राज्यका मुख्य मन्त्री उद्धव ठाकरेले सबै दोषीहरु पक्राउ परेको भन्दै सबैलाई कठोर सजाय दिने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline