बैशाख ८ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण मृत्यु हुने र संक्रमित बढ्ने क्रम अझै रोकिएको छैन । क्रममा पछिल्लो २४ घण्टामा यूरोप, अमेरीका, एशिया, ल्याटीन अमेरीका सहितका मुलुकमा ५ हजार बढी मानिसको मृत्यु भएको छ ।
जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार अहिले सम्म कुल मृतकको संख्या एक लाख ६५ हजार नाघेको छ । संक्रमितको संख्या २४ लाख पुगेको छ ।
कोरोनाबाट सबै भन्दा बढी अमेरीकामा ४० हजार बढीको मृत्यु भएको छ । वासिंगटन पोष्टका अनुसार आईतबार एकै दिन १७ सय ९७ मानिसको मृत्यु भएर कुल मृतकको संख्या ४० हजार ४ सय ६१ पुगेको छ । अमेरीकामा कुल संक्रमित ७ लाख ५५ हजार ३ सय भन्दा बढी रहेको छ ।
त्यस पछि ईटालीमा मृतकको संख्या २३ हजार ६ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय बढी मािनसको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ७९ हजार नजिक पुगेको छ ।
त्यस पछि विश्वकै संक्रमणका हिशाबले अमेरीका पछि दोस्रो स्थानमा रहेको स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ५ सय नाघेको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ९६ हजार ६ सय ६४ पुगेको छ ।
त्यस पछि फ्रान्समा १९ हजार ७ सय ४४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ५४ हजार बढी पुगेको छ ।
त्यसै गरी बेलायतमा मृतकको संख्या १६ हजार ९६ पुगेको छ भने संक्रमितको संख्या एकै दिन ६ हजार बढेर एक लाख २१ हजार पार भएको छ ।
जर्मननीमा ४५ सय बढीको मृत्यु भएको छ भने एक लाख ४५ हजार १ सय बढी संक्रमित छन् ।
ईरानमा मृतकको संख्या ५१ सय नाघेको छ भने संक्रमित ८२ हजार २ सय ११ पुगेको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या तीव्र वृद्धि भएर ८६ हजार ३ सय नाघेको छ भने मृतकको संख्या २ हजार पार भएको छ ।
बेल्जियममा मृतकको संख्या ५७ सय नजिक पुगेको छ भने संक्रमित ३८ हजार पार भएको छ । विश्वमा सबै भन्दा धेरै मृत्यु दर बेल्जियममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
त्यस पछि ब्राजिलमा मृतकको संख्या २४ सय नाघेको छ भने संक्रमित ३८ हजार ६ सय भन्दा बढी छ ।
क्यानडामा मृतकको संख्या १५ सय नाघेको छ भने संक्रमित संक्रमित ३५ हजार नजिक छ ।
नेदरल्याण्डमा ३७ सय नजिक मृतकको संख्या पुगेको छ भने ३२ हजार ८ सय बढी संक्रमित छन् ।
रुसमा संक्रमितको संख्या ४२ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ३ सय ६१ पुगेको छ । त्यहाँ एकै दिन ५ हजार बढी संक्रमित भएका छन् ।
स्वीजरल्याण्डमा १४ सयको मृत्यु भएको छ भने २७ हजार बढी संक्रमित छन् ।
उता पोर्चुगलमा २० हजार सात सय बढी संक्रमित छन् भने ७ सय १४ जनाको मृत्यु भएको छ ।
यता भारतमा निरन्तर कोरोना संक्रमित बढीरहेको छ । भारतमा १७ हजार ७ सय ६ सय १५ जना संक्रमित भएका छन् भने मृतकको संख्या ५ सय ५९ पुगेको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर ८ हजार ३ सय १० पुगेको छ भने मृतकको संख्या एक सय ६८ पुगेको छ ।