नयाँदिल्लीको अस्पतालमा आठ स्वास्थ्यकर्मी संक्रमित

नयाँदिल्लीको अस्पतालमा आठ स्वास्थ्यकर्मी संक्रमित

  • आइतवार, बैशाख ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

नयाँ दिल्ली, ७ वैशाख ९राससरएएनआई० स् भारतको नयाँदिल्लीमा रहेको एउटा अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोरानाभाइरसको संक्रमण भएको छ ।

नयाँदिल्लीस्थित लेडी हार्डिङ्ग हस्पिटलमा कार्यरत २ चिकित्सक, ६ नर्स र १ जना दश महिने बच्चा संक्रमित भएका हुन् ।

अग्रपंक्तिमा रहेर काम गर्ने आठ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट प्रभावित भएको अस्पतालले आइतबार पुष्टि गरेको छ ।

उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको र उनीहरुले को को सँग सम्पर्क गरेका थिए भन्ने बारेमा विवरण संकलन भइरहेको पनि अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मी नै संक्रमित भएपछिको योजनाका बारेमा छलफल गर्न अस्पतालले उच्च अधिकारीहरुको बैठक बोलाएको छ ।

यसैबीच, भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना विरुद्धको लडाईंमा मृत्यु हुनेको परिवारलाई एक करोड भारतीय रुपैयाँ राहत दिने घोषणा गर्नु भएको छ ।
कोरोनाभाइरस विरुद्ध काम गर्ने क्रममा कुनै व्यक्तिको मृत्यु भएमा उनीहरुका परिवारलाई प्रतिव्यक्ति भारु एक करोड दिइने उहाँले शनिबार घोषणा गर्नुभएको हो ।

नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “यदि कुनै चिकित्सक, नर्स, सरसफाई कर्मचारी, प्रयोगशालाका प्राविधिक वा यस्तै कोही व्यक्ति उपचारका लागि खट्दा निधन हुनसक्छ, उनीहरुका परिवारलाई राहत स्वरुप भारु एक करोड दिइने छ ।”

मुख्यमन्त्री केजरीवालले ६० ओटा सेनिटाइजेसन मेसिन मार्फत् सहर बजारमा सरसफाई गर्ने कार्य भइरहेको पनि जानकारी दिनुभयो ।

उहाँले सामाजिक दुरी कायम गर्न आम नागरिकलाई आग्रह गर्नुभएको छ । शिविर बनाइएका क्षेत्रमा सामाजिक दुरीको अलि बढी ख्याल गर्नु पर्ने उहाँको भनाई छ ।

शहरी क्षेत्रमा ७१ ओट शिविर बनाइएको उहाँले जानकारी दिनुभयो । अलपत्र परेका तथा खान बस्न नपाएकाहरुलाई त्यस्ता शिविरहरुमा राखिएको मुख्यमन्त्री केजरीवालले जानकारी दिनुभयो ।

कोरोनाः चीनबाट तीन लाख “टेस्ट किट” भारतमा
नयाँदिल्ली, ७ वैशाख / चीनको ग्वान्झोओबाट शनिबार भारतीय विशेष बिमान एयर इन्डियाबाट तीन लाख थान कोरोना परीक्षण सामग्री ९एन्टीबडी टेस्ट किट० भारत ल्याइएको छ । यी टेस्ट किट भारतीय राज्यहरु तमिलनाडु र राजस्थानका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराइने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनका लागि भारतीय राजदूत विक्रम मिश्रीले ट्वीट गर्दै भन्नुभएको छः “ग्वान्झाओबाट झण्डै ३ लाख टेस्ट किट भारततर्फ पठाइएको छ । यी किट राजस्थान र तमिलनाडुका लागि व्यवस्था गरिएको हो ।”

केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदिप सिंह पुरीले पनि ट्वीट गर्दै कोविड–१९ सँग जुध्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । भारतीय बिमान सेवाले गरेका २४७ वटा उडानबाट मार्च २६ यतामात्र ४१८ टन स्वास्थ्य र अन्य अत्यावश्यकीय सामग्री ढुवानी गरेको मन्त्री सिंहले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ