कोरोनाका कारण विश्वभर मृत्य हुनेको संख्या एक लाख ६० हजार नजिक, संक्रमित २३ लाख १८ हजार भन्दा धेरै

कोरोनाका कारण विश्वभर मृत्य हुनेको संख्या एक लाख ६० हजार नजिक, संक्रमित २३ लाख १८ हजार भन्दा धेरै

  • आइतवार, बैशाख ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

बैशाख ७ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण मृत्यु हुने र संक्रमित बढ्ने क्रम दिनहुँ बढ्ने क्रम जारी छ । यसै क्रममा पछिल्लो २४ घण्टामा यूरोप, अमेरीका, एशिया, ल्याटीन अमेरीका सहितका मुलुकमा ५ हजार बढी मानिसको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा कमी हो ।
जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार अहिले सम्म कुल मृतकको संख्या एक लाख ६० हजार नजिक पुगेको छ भने संक्रमितको संख्या २३ लाख १८ हजार भन्दा बढी भएको छ ।
कोरोनाबाट सबै भन्दा बढी मृत्यु हुनेको संख्या अमेरीकामा रहेको छ । यहाँ पनि अघिल्लो दुई दिनको तुलनामा एकै दिनमा कम मानिसको मृत्यु भएको छ । शनिबार एकै दिन अमेरीकामा १८ सय बढी ९१ मानिसको मृत्यु भएको छ । त्यहाँ कुल मृतकको संख्या मृतकको ३८ हजार ६ सय ६४ पुगेको छ भने संक्रमितको संख्या सात लाख ३२ हजार एक सय ९७ पुगेको छ ।
त्यस पछि धेरै मृत्यु हुनेमा ईटाली रहेको छ । त्याहाँ पछिल्ला दिनहरुमा मृत्यु संख्यामा भने केही कमी आएको छ । त्यहाँ २३ हजार २ सय बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ७५ हजार नाघेको छ ।
त्यस पछि विश्वकै संक्रमणका हिशाबले अमेरीका पछि दोस्रो स्थानमा रहेको स्पेनमा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ९१ हजार पुगेको छ ।
त्यस पछि फ्रान्समा १९ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ५० हजार नजिक पुगेको छ ।
त्यसै गरी बेलायतमा मृतकको संख्या १५ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एकै दिन ६ हजार बढेर एक लाख १५ हजार पार भएको छ ।
जर्मननीमा ४४ सय ५९ जनाको मृत्यु भएको छ भने एक लाख ४३ हजार ३ सय बढी संक्रमित छन् ।
ईरानमा मृतकको संख्या ५ हजार नाघेको छ भने संक्रमित ८० हजार नाघेको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या तीव्र वृद्धि भएर ८२ हजार ३ सय नाघेको छ भने मृतकको संख्या १९ सय नजिक पुगेको छ ।
बेल्जियममा मृतकको संख्या ५४ सय नाघेको छ भने संक्रमित ३७ हजार पार भएको छ ।
त्यस पछि ब्राजिलमा मृतकको संख्या २३ सय नाघेको छ भने संक्रमित ३६ हजार पुगेको छ ।
क्यानडामा मृतकको संख्या १४ सय पुगेको छ भने संक्रमित ३४ हजार ३ सय भन्दा बढी छ ।
नेदरल्याण्डमा ३६ सय बढीको मृत्यु भएको छ भने ३१ हजार बढी संक्रमित छन् ।
रुसमा संक्रमितको संख्या ३७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ३ सय १८ पुगेको छ ।
स्वीजरल्याण्डमा १३ सय बढीको मृत्यु भएको छ भने २७ हजार बढी संक्रमित छन् ।
उता पोर्चुगलमा २० बढी संक्रमित छन् भने ६ सय ८७ जनाको मृत्यु भएको छ ।
यता भारतमा १५ हजार ७ सय २२ जना संक्रमित भएका छन् भने मृतकको संख्या ५ सय २१ पुगेको छ । भारतमा एकै दिनमा एक हजार भन्दा बढी संक्रमित भएका हुन् ।
यसै गरी पाकिस्तानमा संक्रमितको बृद्धि दरमा केही कमी आएको छ त्यहाँ संक्रमितको संख्या ७ हजार ९ सय पुगेको छ भने मृतकको संख्या एक सय ४८ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ