दिल्ली लकडाउन: मोबाइल बेचेर पनि बच्चा र श्रीमतीलाई पाल्न नसकेपछि आत्महत्या गरे एक मजदुरले !

दिल्ली लकडाउन: मोबाइल बेचेर पनि बच्चा र श्रीमतीलाई पाल्न नसकेपछि आत्महत्या गरे एक मजदुरले !

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

एजेन्सी बैशाख ६ । भारत बिहारका मुकेश नाम गरेका एक मजदुरले रोजगारी गुमेर छोराछोरी र श्रीमती पाल्न समस्या भएपछि पीडाले आज आत्महत्या गरेका छन् । लकडाउन पछि दैनिक काम गरेर पैसा ल्याएर गुजारा गर्ने मुकेशले दोश्रो पटक लकडाउन भएपछि भौतारिन शुरु गरेका थिए । दुई दिन अघि मात्र उनले बार हजार भारु पर्ने मोबाइल केवल २५ सय भारुमा बेचे । त्यस पैसा बाट उनले खाने कुरा र एउटा टेबल फ्यान किनेर ल्याए ।

तर साना साना चार छोराछोरी र एउटा श्रीमती दुई दिन पछि के खाने मुकेशले सोच्न सकेका थिएनन् ।

उनले धेरै साथी भाइलाई पैसा सापट मागे कसैले दिएनन् । सरकारले दिने भनेको राहत उनले पाउन सकेनन् । यहि बिरक्तले कपडाको पासो बनाएर घर भित्रै आत्महत्या गरेको आजतकले जनाएको छ ।

मुकेशकी पत्नी पुनमले उनको दाहा सस्कार पनि चन्दा उठाएर छिमेकीको सहयोगमा गरेको भन्दै अब बाच्न गारो भएको बताइन् ।

रोगले भन्दा भोकले मर्ने चिन्ता बढेका मजदुरले दिल्ली र मुम्बईमा लकडाउनकै समयमा प्रदर्सन गरेका थिए । करिब ४० करोड मजदुर कठिन संघर्शमा बाच्नु परेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी