अमेरीकाले वुहान भाईरस, चीनीया भाईरस भन्दै पछिल्ला घटनाक्रमहरुमा चीन विरुद्ध आक्रामक रबैया अपनाए पछि रुस र चीन एक ठाँउमा उभिएका छन् ।
चीनीया राष्ट्रपति सि जिन पिगं र रुसी राष्ट्रपति भ्लादीमीर पुटिनबीच टेलिफोनमा कुराकानी भएको र महामारी विरुद्ध सहकार्य वृद्धि गरेर अघि बढ्ने सहमति भएको सिसिटिभीले जनाएको छ ।
फोनमा उनीहरुबीच नोवेल कोरोना भाईरसलाई चीनसगँ जोडेर राजनीतिकरण गरिएकोमा आपत्ति जनाउदै विश्वव्यापी रुपमा कोरोनालाई पराजीत गर्न सबैको सहकार्य आवस्यक रहेकोमा छलफल भएको थियो ।
अमेरीका र केही पश्चिमा राष्ट्रहरुले भाईरसलाई राजनीतिकरण गरेर अन्तराष्ट्रिय सम्बन्धमै तनाव पैदा खाजेको भन्दै यसका विरुद्ध सयुक्त रुपमा उभिने दुई राष्ट्रपतिबीच समझदारी भएको छ ।
राष्ट्रपति सि ले पुटिनको नेतृत्वमा रुसमा भाईरस नियन्त्रणमा आउने विस्वास व्यक्त गरेको र पुटिनले चीनले कोरोना फैलाएको भन्ने राजनीतिक अफबाह अस्वीकार्य हुने बताएको समाचारमा उल्लेख छ । पुटिन र सि बीच एक महिनाको अन्तरालमा दोस्रो पटक फोनमा कुराकानी भएको हो ।