बैशाख ६ एजेन्सी । कोरोनाको केन्द्र बनेको अमेरीकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रीयु कुमोका बारेमा राष्ट्रपति ट्रम्पले पटक पटक ट्वीट गर्दै आलोचना गरे पछि विवाद बढेको छ ।
ट्रम्पले कोरोनाका कारण लागेको प्रतिवन्ध हटाउने बिषयमा गभर्नरहरुले काम गर्नु पर्ने भन्दै संघीय सरकारले केवल दिशा निर्देश मात्रै गर्न सक्ने बताएका थिए ।
साथै ट्रम्पले पटक पटक ट्वीट गरेर गभर्नर कुमोलाई आलोचना गर्नमा हैन काम गर्न बढी समय खर्च गर्नु पर्ने भने पछि कुमाले पनि ट्रम्प विरुद्ध कडा प्रतिकृया दिएका छन् ।
कुमोले मानिसहरुलाई लकडाउन खोलेर हिडडुल गर्ने वातावरण बनाउन चाहिने आर्थिक सहयोग संघीय सरकारले नगरेको बताए ।
त्यस पछि ट्रम्पले पुनः ट्वीट गरेर घरबाट निस्किएर काम गर्नुस्,हामीले न्यूयोर्कमा हजारौ अस्पतालको बेड दिएका छौ, भेन्टिलेटर दिएका छौ,हामीले अरु राज्यमा भन्दा बढी पैसा र सहयोग दिएका छौ भने पछि फेरी कुमो रुष्ट बने ।
उनले फेरी प्रतिकृया दिए कि ट्रम्प पनि घरमा बसेर टिभी हेरीरहेका छन् भने उठेर काममा निस्कनु पर्यो ।
एक पछि अर्को शाव्दिक विवाद चर्कदै गए पछि गभर्नर कुमोले धन्यवाद, मिस्टर ट्रम्प भन्दै समग्र युद्धको घोषणा गरेका थिए ।
गभर्नर कुमोले सडकमा नागरिकहरुले लकडाउन विरुद्ध गरेको प्रदर्शनमा राष्ट्रपतिको सहानुभुति रहेको बताए ।
ट्रम्पले पुनः आक्रामक ट्वीट गर्दै विपक्षी डेमोक्रयाट पार्टीको नेतृत्वमा रहेको मिसिगन,भर्जिनिया र मिनेसोटाका नागकिलाई त्याहाँका गभर्नरहरुबाट मुक्ति मिल्नु पर्ने भने पछि विवाले थप उग्र रुप लिएको छ । अमेरीकामा कोरोनाले दिनहुँ ठूलो संख्यामा मृत्यु र संक्रमण हुने क्रम जारी रहेका बेला लकडाउनको विरोधमा नागरिकहरु बन्दुकै बोकेर प्रदर्शनमा उत्रिन थालेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्की छोरी ईभान्का समेत लकडाउनको उलंघन गर्दै सपरिवार गल्फ क्लबमा पुगेको खबर छ ।