कोरोनाबाट लण्डनमा थप एक भूपू सैनिकको निधन

कोरोनाबाट लण्डनमा थप एक भूपू सैनिकको निधन

  • शुक्रबार, बैशाख ५, २०७७
  • कृष्णप्रसाद शर्मा

  • 6.4K
    SHARES

लण्डन, ५ वैशाख । कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उहाँलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर हुनुभएका थापा पछि बुटबल बसाइँसराइ गर्नुभएको थियो ।

पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहनुभएका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनुभयो ।

अध्यक्ष रेग्मका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आउनुभएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा रहेकोे बताउनुभएको छ । हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी