पाकिस्तानसगँ रहस्यमय पनडुब्बी रहेको खुलासा, भारत चिन्तित !

पाकिस्तानसगँ रहस्यमय पनडुब्बी रहेको खुलासा, भारत चिन्तित !

  • शुक्रबार, बैशाख ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी बैशाख ५ । पाकिस्तानी जलसेना नेभीसगँ सबै भन्दा घातक र रहस्यमयी पनडुब्बी रहेको खुलासा भएको छ । भारतीय सञ्चार माध्यमा आज प्रकाशित खबर अनुसार यो सबमरिन (पनडुब्बी) सानो तर घातक रहेको दाबी गरेको छ । फोब्र्समा प्रकाशित समाचारलाई आधार बनाएर भारतीय मिडियाहरुले भने यो भारतका लागि खतरा भनेका छन् । समाचार अनुसार यसलाई पाकिस्तानले हाल सम्म गोप्य राखेको थियो ।
भारत र पाकिस्तान परम्परागत दुष्मनको रुपमा रहेका बेला पाकिस्तानको यो घातक हतियार बारे खुलासा भए पछि सञ्चारमाध्यमहरुले भारतका लागि खतरा भनेका छन् ।
यो सबमरिन पास्तिानको कराची स्थित पिएनएस ईकबाल स्पेसल नेवी बेसमा तैनाथ गरिएको छ । यो सबमरिनको नाम एक्स क्राफ्ट हो । यो पनडुब्बीको बारेमा कुनै पनि पुस्तक र दस्तावेजमा प्रकाशित नभएको फोब्र्सले जनाएको छ ।
यसको लम्बाई ५५ फिट र चौडाई करीब ८ फिट सम्म रहेको छ । यसको अप्रेसन पाकिस्तानी विशेष कमाण्डो फोर्स एसएसजीएनले मात्र गर्न पाउछ । यो एक्सक्राफ्ट अमेरीकी नेवी सिल जत्तिकै शक्तिशाली रहेको फोब्र्सको दाबी छ ।
यो पाकिस्तानी सेना आफैले डिजाईन र निर्माण गरेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ